सामाजिक सद्भावमा खलबल पार्ने अभिव्यक्ति र कार्यलाई सरकारले छुट दिँदैनः प्रधानमन्त्री

author

समाचारपाटी

२ years अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलबल पार्ने अभिव्यक्तिलाई कुनै हालतमा छुट नदिने बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सामाजिक सद्भावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने बताउनुभएको हो । उहाँले एकअर्काको धर्म र संस्कृतिबिरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई पनि छुट नदिने स्पष्ट पार्नुभयो । उहाँले परापूर्वक कालदेखि कायम रही आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो – ‘बहुजातिय, बहुसांस्कृतिक विविधता बोकेको नेपालमा सदिऔँदेखि विभिन्न जात, जाति, वर्ण, धर्म र संस्कृतिका जनताहरु आपसी सहकार्य, सम्मान र गहिरो सद्भावका साथ मिलिजुली बस्दै आएका छन् । अनेकतामा एकता नेपाली मात्रको विशिष्टता र नेपाली समाजको आधारभुत चरित्रपनि हो । सबैको सहअस्तित्व कायम गर्दै मौलिकताको संरक्षण र संवद्र्धनमा नै हाम्रो राष्ट्रिय एकता दिगो, दरिलो भइ साँचो अर्थमा राष्ट्रियता बलियो हुनेछ । नेपालको कानूनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याइ आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको छ । अत्ः परापूर्वक कालदेखि यहाँ कायम रही आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै किसिमको कार्य हुन नदिन सरकार दृढ छ । स्पष्ट पनि छ । सामाजिक सद्भावमा खलबल पार्ने वा एकअर्काको संस्कृति र धर्म बिरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन । नेपालको संविधानको पूर्ण पालना गर्नु हामी सबैको साझा दायित्व हो । मैले पहिचानको कुरा गर्दा या कुनै कुरा गर्दा अरु कसैको पहिचान, आस्थामाथि कुनै खालको विभेद नगर्ने कुरा पनि म स्पष्ट गर्न चाहन्छु ।’
उहाँले सुुदूरपश्चिमको राजधानी गोदावरीमा निर्माण गर्ने सन्दर्भमा जग्गा प्राप्ति लगायतको विषयमा प्रक्रियामा रहेको जानकारी गराउनु भयो ।


काठमाडौं

बिहिबार, साउन २, २०८२

२१.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन