fbpx

‘विकासका कार्यमा राजनीति गने होइन सबै  इमान्दार भएर एकजुट हुन जरूरी छ’:-पुष्पकमल दाहाल

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विकास निर्माणको कार्यमा एकजुट भएर लाग्न आग्रह गरेका छन्। नेपाल विद्युत प्राधिकरणको ३८औँ वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले आउने पिढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नभइ एकजुट भएर लाग्न आग्रह गर्नुभएकाे हाे।

'आउँदो पिढीलाई अँध्यारोमा राख्ने वा उज्यालो भविष्य दिएर जाने भन्ने  गम्भीर प्रश्न हाम्रो पुस्तालाई प्रश्न रहिरहनेछ,'प्रधानमन्त्रीले भन्नुभयाे,' तसर्थ विकासका कार्यमा राजनीति गने होइन सबै  इमान्दार भएर एकजुट हुन जरूरी छ। '

प्रधानमन्त्री दाहालले जनतामा विद्युत सेवा प्रवाहमा कुनै कमी हुन नदिन प्राधिकरणलाई आग्रह गर्नुभयाे। एउटा आयोजनाको निर्माण सम्पन्न हुन ५/६ वर्ष समय लाग्ने भन्दै प्रधानमन्त्री दाहालले विकास निर्माणका कार्यमा सबै क्षेत्रको सहयोग आवश्यक हुने बताउनुभयाे।

नेपालमा जलविद्युत विकासको इतिहास एक सय १२ वर्षभन्दा पुरानो भए तापनि जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिरहेको उहाँको भनाइ छ।

प्रधानमन्त्रीले खोला नाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने बिडम्वनापूर्ण अवस्था रहेको जिकिर गर्नुभयाे। यसको अन्त्य गर्न अहिले योजनावद्ध रूपमा काम गरिरहेको बताउँदै प्रधानमन्त्री दाहालले अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेका जानकारी दिनुभयाे।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन