भ्रष्टाचार र तस्करीका बिरुद्ध जेहाद छेड्ने कदम रोकिनेवाला छैन : प्रधानमन्त्री

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार र तस्करीका बिरुद्ध जेहाद छेड्ने कदम नरोकिने बताउनुभएको छ । 
आईतवार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार र तस्करीका बिरुद्ध देहाद छेड्ने क्रम नरोकिने बताउनुभएको हो । उहाँले सरकारले भ्रष्टाचार, तस्करी, राज्यको सम्पती दोहन, शोषण र बेथितिहरुका बिरुद्धमा जेहाद छेडिरहेको बताउनु भयो । यहाँले सरकारको यो कदम निरन्तर अगाडी बढ्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी दिनमा भ्रष्टाचारका अरु फाइलहरु पनि खुल्दै जाने बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकारले थालेको यस लडाइँमा आम जनताको पनि साथ आवश्यक भएको भन्दै साथ दिन आग्रह पनि गर्नुभयो । 


उहाँले भन्नुभयो – ‘जसरी अहिले भ्रष्टाचार बिरोधी या राज्यका सम्पत्ति व्यक्तिले दोहन गर्ने, शोषण गर्ने जो बेथितिका बिरुद्ध या तस्करीका विरुद्ध एउटा जेहाद छेडिएकै छ । म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु, यो कदम यहीँ रोकिनेवाला छैन । यो कदम निरन्तर अगाडी बढ्नेवाला छ । नेपाल राष्ट्रको एकताको निम्ति, समाजवादको आधार निर्माणको निम्ति, सामाजिक न्यायको निम्ति, समृद्धि र विकासको निम्ति यो लडाइँ नेपाली जनताले जित्नैपर्दछ । यो लडाइँ नजितेसम्म हामीले परिकल्पना गरेको, हामीले सपना देखेको समाजवादको आधार तयार हुनै सक्दैन । त्यसकारण यो कुनै आवेगको कुरा होइन । यो कुनै राजनीतिक स्टन्टको कुरा पनि होइन् । यो नेपाली समाज र नेपाल राष्ट्रको, आम नेपाली जनताको वृहत्तर हित जो हिजो युद्धमा या आन्दोलनमा नेपाली जनताले त्याग र तपस्या, वीरता र बलिदानका किर्तिमान कायम गरेका थिए । ति हजारौँ सहिदहरु, बेपत्ता योद्धाहरु, घाइते, अपांगहरु र लाखौँ, करोडौँ जनताका सपना साकार पार्ने लडाइँ हो । यो लडाइँ शुरु भएको छ । मलाई खुशी छ, तपाईहरु जस्तो युवा, विद्यार्थीहरुले यो विषयमा, यो पक्षमा सरकारलाई, समाजवादी मोर्चालाई र गठबन्धनलाई जुन समर्थन गर्नुभएको छ, आउने दिनमा हेर्दै जानुहोला अरु फाइल खुल्दै जानेवाला छन् । र त्यतिबेला तपाईहरुको समर्थनको महत्व निकै ठुलो हुनेवाला छ । ग्राउन्डमा समर्थन प्राप्त नभइकन, एक्लै सरकार वा प्रधानमन्त्रीले मात्रै जितिने लडाइँ यो होइन । आम जनतापनि साथमा भएपछि मात्रै यो ब्याटल हामीले जित्नेछौँ ।’

प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचारको बिरुद्ध लडाइँ शुरु गरेपछि गठबन्धनमा फाटो पार्ने कसरत गरिएको बताउनु भयो । उहाँले समाजवादी मोर्चाका नेताहरुका बीचमा पनि भ्रम सिर्जना गर्ने र आशंका उत्पन्न गर्ने षड्यन्त्र भइरहेको भन्दै आफूहरु एकतावद्ध भएर षड्यन्त्रलाई परास्त पार्ने बताउनु भयो । उहाँले मोर्चामा विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडी बढ्ने उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘हामीले भ्रष्टाचार बिरोधी या बेथिति र बिसंगतिका बिरुद्ध लडाइँ शुरु गरेपछि गठबन्धनमा फाटो पार्न, समाजवादी मोर्चा बनिसकेपछि समाजवादी मोर्चाका नेताहरुका बीचमा पनि भ्रम सिर्जना गर्ने, आशंका उत्पन्न गर्ने अनेक खालका कसरतहरु भइराखेका छन् । तर हामी ति सबै षड्यन्त्रहरुलाई परास्त गर्दै हाम्रो आफ्नो एकतालाई अझ बलियो पार्दै एकअर्का प्रतिको विश्वासको धरातललाई अझ बलियो बनाउँदै अगाडी बढ्नेमा हामी नेतृत्व पंक्ति दृढ भएको कुरा पनि म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु । सरकार अहिले जनताको साथमा, सरकार अहिले युवा, विद्यार्थीहरुको साथमा, सरकार अहिले नेपाल राष्ट्रको बृहत्तर हितको पक्षमा लडाइँ लड्दैछ तपाईहरुको साथ आओस् ।’

प्रधानमन्त्री दाहालले मंगलवार (पर्सि) बस्ने मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन पारित गरेर संसदमा पठाउने बताउनु भयो । ऐनले शिक्षा क्षेत्रका समस्याहरुलाई समाधान गर्ने उहाँको भनाई छ । उहाँले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षपनि मंगलवार सम्ममा नियुक्त हुने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘म आज तपाईहरुको अगाडी प्रधानमन्त्रीको हैसियतले भन्न चाहान्छु, पर्सि मंगलबार मन्त्रिपरिषद्को बैठकबाट पहिलोचोटी संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ । मलाई लाग्छ यो निकै गुणात्मक प्रकृतिको कदम हुनेछ । र यसले शिक्षा क्षेत्रमा अहिले देखा परेका थुप्रै समस्याहरुलाई सम्बोधन गर्ने तागत त्यो ऐनले राख्नेछ । दोस्रो कुरा, त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष खालि भएको धेरै समय भयो । त्यो पनि पर्सिसम्म आयोगको अध्यक्ष तपाईहरुले पाउनुहुनेछ ।’


उहाँले शिक्षा क्षेत्रमा खालि रहेका ठाउँहरुमा पदपुर्ति गर्ने बताउनु भयो । उहाँले समाजवादी शिक्षाको शुरुवात गर्ने नयाँ प्रक्रिया अगाडी बढाइने पनि बताउनु भयो ।


काठमाडौं

मङ्लबार, बैशाख ३०, २०८२

१८.८९°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने