fbpx

प्रधानमन्त्री पुष्पकमल दाहाल र रवि लामिछाने बीच बालुवाटारमा छलफल

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालुवाटार पुग्नुभएकाे छ। बिहीबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभका प्रचण्ड भेट्न लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नुभएकाे हाे ।

उहाँहरुबीच समसामयिक राजनीति र राष्ट्रपति निर्वाचनबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। माओवादीले गृहमन्त्री आफूले राख्न चाहेपछि लामिछाने र प्रचण्डबीच पछिल्लो समयमा खटपट रहेको छ।

उपप्रधान तथा गृहमन्त्री बन्नुभएका लामिछानेलाई सर्वोच्च अदालतले नेपाली नागरिकता विवादमा दोषी ठहर गरिदिएपछि उहाँको सांसद पद खारेज भएको थियो। तर उहाँले प्रक्रिया पुर्‍याएर पुन नागरिकताको प्रतिलिपि लिएपछि लामिछानेले गृहमन्त्री दाबी गरेपनि प्रधामन्त्री प्रचण्डले उहाँलाई नियुक्त गर्न चाहनुभएन्। गृह मन्त्रालयका लागि लामिछाने आफैंले पनि पटक-पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाब दिनुभएकाे थियाे।

प्रधानमन्त्री प्रचण्डले लामिछानेको मुद्दा टुंगो नलागेसम्म धैर्यता गर्नुपर्ने र राष्ट्रपति निर्वाचनका विषयमा पनि राष्ट्रिय सहमति गर्नुपर्ने बताउँदै आउनुभएकाे छ। रास्वपाले भने गृहमन्त्रीमा आफ्नो दावी कायम राखे पनि नपाएपछि रास्वपाले आफ्ना मन्त्रीसमेत फिर्ता गरेको छ। तर सत्ता साझेदार दलको बैठकमा सहभागी भइरहेको छ। रवि लामिछानेको सांसद पद खारेज भएपछि उक्त निर्वाचन क्षेत्रमा बैशाख १० गते निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ।

annapurnapost


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर