fbpx

‘प्रतिक्रियावादीका धेरै घेराबन्दीहरुलाई तोडेर यहाँ आइपुगेको हो’ सजिलैसित आएको होइन’:-प्रधानमन्त्री दाहाल

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रियावादीको घेराबन्दी तोडेर आफू प्रधानमन्त्री बनेको बताउनुभएकाे छ । बुधबार वाईसियलको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सजिलै प्रधानमन्त्री नबनेको बताउनुभएकाे हाे।

''प्रतिक्रियावादीका धेरै घेराबन्दीहरुलाई तोडेर यहाँ आइपुगेको हो। सजिलैसित आएको होइन,'उहाँले भन्नुभयाे ,'हामीले विगतमा जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीतिक बनाउँथ्यौं । आज पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाबाटै यो सफलता प्राप्त भएको हो।'

प्रधानमन्त्री प्रचण्डले यो अवसरलाई त्यतिकै खेर जान नदिने बताउनुभयाे। त्यसका लागि सरकार र पार्टीलाई सबैको सहयोग आवश्यक रहेको औंल्याउनुभयाे। यो पटक सरकार सफल हुने र पार्टी सफल हुने कुरा सिंगै राष्ट्र र इतिहासका लागि अविष्मरणी परिघटना हुने उहाँको भनाइ छ।

प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयाे।

उहाँले भन्नुभयाे,'यो अवसरलाई वाईसियललाई बलियो बनाउने कुरामा सदुपयोग गर्नुछ। सुशासन दिएर भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई कठोर रुपमा अगाडि बढाएर सम्बोधन गर्नुछ।'

प्रचण्डले वाईसियल युवापंक्तिलाई आकांक्षसहित अगाडि बढ्न आग्रह गर्नुभयाे। उहाँले सरकार र पार्टीलाई सफल पार्न सबै एक ढिक्का भएर लाग्नुपर्ने बताउनुभयाे। उहाँले भन्नुभयाे, 'पार्टीले गर्नुपर्ने सहयोग र सरकारले गर्ने सहयोग रहन्छ। आकांक्षसहित अगाडी बढ्नु होस । भविष्‍य उज्ज्वल छ।'


काठमाडौं

आइतवार, माघ २७, २०८१

१८.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर