fbpx

भारतलाई कुटनीतिक संयन्त्रमार्फत् सीमासम्बन्धी समस्या समाधान गर्न आग्रह गरेको प्रधानमन्त्रीको दावि

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको बताउनु भएको छ ।

सोमवार आजको प्रतिनिधि सभा बैठकमा आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।

उहाँले दुई देशबीचको सीमालगायतका थाँती रहेका सबै समस्याहरुको समाधान गरिनेछ भनेर भारतीय प्रधानमन्त्री मोदीले सीमा सम्बन्धी अहिलेसम्मका स्पष्ट विचार राखेको पहिलो पटक भएको दाबी समेत गर्नु भयो ।

उहाँले भारतीय प्रधानमन्त्री मोदीले संयुक्त प्रेसमिटको अवसरमा दिनु भएको सीमा सम्बन्धी समस्या समाधान गर्ने अभिव्यक्तिलाई आफूले सकारात्मक अभिव्यक्तिको रुपमा लिएको पनि बताउनु भयो ।

उहाँले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग गम्भीर रुपले सीमा समस्या समाधानका विषयमा कुरा गरेको दाबी समेत गर्नु भयो ।

प्रचण्डले भन्नुभयो, ‘सीमा सम्बन्धी विषयहरुमा गम्भीर रुपले छलफल भएको छ । यो विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतका प्रधानमन्त्रीलाई मैले गम्भीर ढङ्गले आग्रह गरेको छु । मोदीजीले पनि संयुक्त प्रेस मिटको अवसरमा सीमालगायतका थाँती रहेका सबै समस्या समाधान गरिनेछ भन्ने कुरा स्पष्ट शब्दमा राख्नु भएको छ । लामो समयपछि भारतीय प्रधानमन्त्रीबाट सीमा सम्बन्धी विषयमा स्पष्ट विचार आएको यो पहिलो र सकारात्मक अभिव्यक्ति हो ।’

प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीले सीमा समस्या समाधानका लागि आफू गम्भीर भएर लागिपर्ने बताउनु भएको पनि संसद्लाई जानकारी गराउनु भयो ।


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन