fbpx

“आयोगका सिफारिस कार्यान्वयन गर्न सहसचिवस्तरीय समिति बनाइ काम गरेका छौँ”

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं I  प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयनका लागि सहसचिव स्तरीय समिति बनाइ काम गरिरहेको बताउनुभएको छ ।

 
शुक्रवार आयोगको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सहसचिव स्तरीय समिति बनाइ कार्य भइरहेको बताउनु भयो । उहाँले प्रत्येक वर्ष नेपाल सरकारले क्षतिपूर्ति, राहत र भरणपोषणमा बजेट वृद्धि गरेको र आरोपित व्यक्तिलाई विभागीय कारबाही गरिएको पनि बताउनु भयो ।

उहाँले आायेगका सिफारिसहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न सरकार सदैव तत्पर रहेको उल्लेख गर्नुभयो । उहाँले सरकारले आयोगको संस्थागत सुदृढीकरण र मानव अधिकार आयोग ऐन संशोधनको विषयलाई पनि प्राथमिकतामा राखेको बताउनु भयो । प्रधानमन्त्री दाहालले मानव अधिकार आयोगहरुको स्तर निर्धारण गर्ने संयुक्त राष्ट्रसंघीय ग्लोवल एलाइन्स फर नेचुरल ह्युमन राइट्स इन्स्टिच्युसनले अहिले आयोगलाई बी स्तरमा झार्न प्रश्ताव गरेको भन्दै आयोगलाई बी स्तरमा झार्न प्रश्ताव गरेको सन्दर्भमा सरकार गम्भीर रहेको बताउनु भयो । आयोगलाई ए श्रेणीमै राखिराख्न सरकार जुनसुकै काम गर्नपनि तयार रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरु कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सहसचिव स्तरीय समिति बनाइ कार्य भइरहेको जानकारी गराउँछु । प्रत्येक वर्ष नेपाल सरकारले क्षतिपूर्ति, राहत र भरणपोषणमा बजेट वृद्धि गरेको र आरोपित व्यक्तिलाई विभागीय कारबाही गरिएको जानकारी समय समयमा सरकारले आयोगलाई प्रेषित गर्दै आएको छ ।

आायेगका सिफारिसहरु कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ । आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न सरकार सदैव तत्पर छ । आयोगको संस्थागत सुदृढीकरण र मानव अधिकार आयोग ऐन संशोधनको विषयलाई पनि प्राथमिकतामा राखिएको छ । मानव अधिकार आयोगहरुको स्तर निर्धारण गर्ने संयुक्त राष्ट्रसंघीय ग्लोवल एलाइन्स फर नेचुरल ह्युमन राइट्स इन्स्टिच्युसनले अहिले आयोगलाई बी स्तरमा झार्न प्रश्ताव गरेको सन्दर्भमा सरकार गम्भीर रहेको छ । आयोगको यही स्तर कायम राख्न सरकारले गर्नुपर्ने जुनसुकै कार्य गर्नपनि सरकार प्रतिवद्ध छ ।’


काठमाडौं

आइतवार, माघ २७, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

माधव नेपालको आरोपः ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री भएका हुन्

कानून कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्यायौँः प्रधानमन्त्री ओली

सरकारले नीतिगत र कानूनी सुधारमा काम गरिरहेको छः गृहमन्त्री...

किमाथाङ्का अरुण र मुगु कर्णाली जलविद्युत आयोजनाको शेयर विक्रीमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर