fbpx

‘मानव र वन्यजन्तुको अन्तरद्धन्द्धको व्यवस्थापनका लागि हाम्रो ध्यान गईरहेको छ’

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वन क्षेत्रको पुनर्संरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार तथा भूमिकाको स्पष्ट व्याख्या गर्नेगरी नीतिगत र कानुनी व्यवस्था गर्ने काममा सरकार अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।  

संघीयता कार्यान्वयनका लागि पनि सो काम गर्नुपर्ने भएकाले सरकार त्यसतर्फ केन्द्रित हुन गईरहेको प्रधानमन्त्री दाहालको भनाई थियो । काठमाडौंमा मंगलबारबाट सुरु भएको सामूदायिक वन उपभोक्ता महासंघको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले मानव र वन्यजन्तुको अन्तरद्वन्द्व व्यवस्थापनका लागि पनि सरकारको ध्यान गईरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारले लिने करलाई एकद्वार प्रणालीबाट संचालन गर्न पनि सरकारले पहल गर्ने आश्वासन दिनु भयो । करसम्बन्धि सामूदायिक उपभोक्ताहरुको गुनासोलाई सम्बोधन गर्न पनि सरकारले सो काम अघि बढाउने उहाँले प्रष्ट पार्नु भयो ।

प्रधानमन्त्री दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सामूदायिक वनसँग सम्बन्धित विषयलाई उच्च प्राथमिकता दिएको स्मरण गराउनु भयो । उहाँले भन्नु भयो,  मानव र वन्यजन्तुको अन्तरद्धन्द्धको व्यवस्थापनका लागि हाम्रो ध्यान गईरहेको छ । संघीयता कार्यान्वयन गर्न, वन क्षेत्रका पुनर्संरचना गरी स्थानीय, प्रादेशिक र संघीय सरकारको अधिकार र भूमिकाको स्पष्ट व्याख्या गर्नेगरी नीतिगत र कानुनी व्यवस्था गर्नतिर पनि मेरो नेतृत्वको सरकार अगाडि बढने विश्वास दिलाउन चाहन्छु ।

र, यो करसम्बन्धि तपाईँहरुको गुनासो एकद्वारा प्रणाली भईदियो भने त्यसले धेरै मद्दत हुन्छ । स्थानीय सरकार, प्रादेशिक सरकार, संघीय सरकारले तीनतिरबाट झम्टेजस्तो भयो भन्नु भएको छ । मेरो ध्यान गएको छ । यसलाई एकद्वार प्रणालीतिर लैजानेतिर पहल हुने विश्वास पनि दिलाउन चाहन्छु ।

सामूदायिक वनले जलवायु परिवर्तनको अनुकूलन र न्यूनिकरणमा उल्लेख्यनीय योगदान पु¥याएको छ । यो योगदानबापत थप लाभ पाउन बाँकि नै छ । यसमा पनि सरकारले सकारात्मक पहल गर्ने विश्वास दिलाउन चाहन्छु । वन क्षेत्रमा केही नीतिगत, कानुनी र संरचनागत सुधार ल्याउन सकेमा सामूदायिक वनबाट प्राप्त हुने लाभको सदूपयोग गरी समुदायको आयआर्जन र रोजगारी वृद्धि गर्न सकिन्छ । यसबाट राष्ट्रको आम्दानी समेत बढन जान्छ । नेपाल सरकारले हालै संसदमा पेश गरेको नीति तथा कार्यक्रममा सामूदायिक वनसँग सम्बन्धित विषयलाई उच्च प्राथमिकतामा राखिएको कुरा पनि म जानकारी गराउन चाहन्छु । तीनै तहको सरकारको समन्वयमा समुदायको सहभागितासहित वनको संरक्षण, व्यवस्थापन र सम्वद्र्धन गर्ने नीति प्रस्तावित गरिएको छ ।

यसैगरी सरकार, समूदाय र निजी क्षेत्रको सहकार्यमा दीगो वन व्यवस्थापनमार्फत् काष्ठ, गैरकाष्ठ, वनपैदावरको उत्पादन, विकास, विस्तार तथा आपूर्ति अभिवृद्धि गरिने, वनको उचित व्यवस्थापन गरी देशलाई काठमा आत्मनिर्भर बनाईने, निजी वनको प्रवद्र्धनका लागि लागत साझेदारीमा कार्यक्रम संचालन गरिने, वन पैदावरमा आधारित उद्योग संचालन गर्न प्रोत्साहन गरिने, सम्भाव्य वन क्षेत्रमा कृषि तथा फलफूल उत्पादनको प्रवद्र्धन गर्ने र एकीकृत कार्यक्रम संचालन गर्ने जस्ता कुरालाई पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको छ ।


काठमाडौं

आइतवार, अशोज २०, २०८१

२६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन