fbpx

वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा छः प्रधानमन्त्री

author

समाचारपाटी

१ year अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको बताउनुभएको छ । बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो आलोचना गर्नेहरुप्रति लक्षित गर्दै उहाँले आफूले सत्ताच्युत हुँदै कहिल्यै शोक गीत गाउँदै नहिँडेको बताउनु भयो । उहाँले आफूले विगतमा पनि देश संकटमा रहँदा प्रतिपक्ष नभइ सरकारकै सहयोगमा लागेको स्मरण गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको छ । आज मलाई आलोचना गरिरहने साथीहरुलाई सोध्न चाहन्छु, मैले कहिले शोक गीत त गाउँदै हिँडिन । मैले कहिल्यै त्यस्तो आरोप लगाइन । म अहिले यो पनि सम्झिरहेको छु, त्यो बेला सुशील कोईराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म प्रतिपक्ष दलको नेता थिएँ । देशभा भूकम्प गयो, ठूलो जनधनको क्षति भयो, म प्रतिपक्ष छैन, अब म नेपाली जनताको पक्षमा छु भनेको थिएँ । मैले बरु राष्ट्रिय सहमतिको आधार तयार पार्न समेत काम गरेको थिएँ ।’प्रधानमन्त्री दाहालले आफूले अहिले पनि राष्ट्रिय सहमतिको आधार तयार पार्ने काम गरेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन