fbpx

‘आफुसँग हुँदा इमान, अर्कोसँग हुँदा जानेबित्तिकै बेइमान भन्ने हुँदैन, राजनीतिक परिस्थिति, मुद्दामा निर्भर रहने कुरा हो’:-पुष्पकमल दाहाल

author

समाचारपाटी

९ महिना अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले राजनीतिक बेइमानी नगरेको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले नेपाली काँग्रेसले आफूलाई राजनीतिक बेइमान भएको भन्दै त्यसको खण्डन गर्नुभएको हो । उहाँले आफूले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले सोच, विचार गरेर नै नयाँ गठबन्धन बनाएको बताउनु भयो । उहाँले यसलाई इमान र बेइमान भन्दापनि राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित हुने बताउनु भयो । उहाँले आफुसँग हुँदा इमान हुने र अर्को सँग हुँदा जाने बित्तिकै बेइमान नहुने भन्दै यो विषय राजनीतिक परिस्थिति र राजनीतिक मुद्दामा निर्भर रहने बताउनु भयो । उहाँले संसदमा भएका दलहरुका बीचमा अविश्वास, आशंका र घृणा नगरी राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘कसैलाई मेरो कदम अस्थिर लाग्नसक्छ । भर्खरै मैले समाचारमा पढेँ, नेपाली काँग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पनि मैले पढेँ । मेरो राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटीको कारणले मैले यो कदम सोचि, विचारेर नै चालेको छु । मैले भनिसकेको छु । यसलाई इमान र बेइमानको भन्दा राजनीतिक प्रतिवद्धता र राजनीतिक मुद्दाको आधारमा हेर्दा उचित होला । म संसदमा भएका कुनैपनि दलसँग अविश्वास, आशंका र घृणा होइन हामी फेरीपनि सँगै राष्ट्रिय इस्युहरुमा मिलेर अगाडी बढ्नु छ । आफुसँग हुँदा इमान, अर्कोसँग हुँदा जानेबित्तिकै बेइमान भन्ने हुँदैन । यो राजनीतिक परिस्थिति, राजनीतिक मुद्दामा निर्भर रहने कुरा हो । त्यसकारण म सोझो भाषामा भन्न चाहन्छु राजनीतिमा केही आशंका पैदा भएपछाडी यो अवस्था आएकै हो । नेकपा(एमाले), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको अहिले मलाई साथ छ । राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुको पनि अब सरकारमा उल्लेखनीय प्रतिनिधित्व रहेको छ । सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प उहाँहरुसँग थियो तर सत्तामै गएर आफूलाई प्रमाणित गर्ने चुनौतिपूर्ण बाटो उहाँहरुले रोज्नुभएको छ । मेरो नेतृत्वप्रति उहाँहरुको भरोसालाई एउटा ठूलो जिम्मेवारी ठानेको छु ।’ 
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प हुँदाहुँदै आफूलाई प्रमाणित गर्ने चुनौती रोज्नु आफुप्रतिको जिम्मेवारी ठानेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, मंसिर १८, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक