सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री पुग्नुभयाे बागलुङ महायज्ञ

author

समाचारपाटी

१ year अगाडि

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बागलुङको पञ्चकोटमा जारी महायज्ञमा सहभागी हुनुभएकाे छ । नेपाली सेनाको हेलिकप्टरमार्फत पञ्चकोट पुगेका माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले विभिन्न धार्मिक मन्दिर र देवस्थलको अवलोकन गर्नुभएकाे छ ।

बागलुङ नगरपालिका-६ पञ्चकोटमा हिन्दु धार्मिक गुरु कमलनयनाचार्यको नेतृत्वमा विभिन्न धार्मिक संरचना बनिरहेको छ । पञ्चकोटमा बनेको संरचना अहिले पर्यटकीय गन्तव्यसमेत बनिरहेको छ । अहिले पञ्चकोटमा ठूलो सम्मेलन सभा हलसमेत तयार हुने गरी विश्वकै ठूलो कलश बनाउन महायज्ञ भइरहेको छ ।

महायज्ञको ११ औं दिनमा पुगेका प्रचण्डले कमलनयनाचार्यको प्रशंसा गर्नुभयाे भने आध्यात्मबिना शान्ति प्राप्त नहुने धारणा राख्नुभएकाे थियाे ।

‘वर्तमान विश्वले जबसम्म आध्यामिक चिन्तन र आध्यामिक चेतनाको विकास गर्न सक्दैन, तबसम्म समाजले स्थायी शान्ति प्राप्त गर्न पनि सक्दैन’, उहाँले भन्नुभयाे, ‘गौतमवुद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षण बन्नुपर्नेमा पैसाका लागि नेपाली विदेशिनु परेको अवस्थालाई परिवर्तन गर्नुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले कमलनयनाचार्यले नवलपरासीको गजेन्द्र मोक्षधामदेखि मुक्तिनाथसम्म धार्मिक पर्यटनलाई प्रचार गर्ने ठूलो योगदान गरेको बताउनुभयाे ।

वेदव्यासभूमिका जनताहरु रोजीरोटीका लागि भनेर दिनहुँ लाग्ने गरेको लामो लाइनलाई अब लम्बिन दिन नहुने उहाँको भनाइ छ । प्रधानमन्त्रीले संस्कार, संस्कृति र पहिचानसहितको व्यवहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभयाे । प्रधानमन्त्री प्रचण्डले कोरला जोड्ने सडकलाई आउने बजेटमा उच्च प्राथमिकतामा राख्ने बताउनुभयाे ।

नेपाल उद्योग वाणिज्य महासंघका चन्द्रप्रसाद ढकालले कोरोला–त्रिवेणी जोड्ने सडकलाई सरकारले प्राथमिकतामा राखेर सञ्चालनमा ल्याउँदा यो क्षेत्रले मात्रै होइन, देशले नै ठूलो फड्को मार्ने बताउनुभएकाे छ । कालीगण्डकी करिडोर धार्मिक पर्यटकीय गन्तव्य जोड्ने समृद्धिको रेखा बन्ने उहाँको भनाइ थियो ।


काठमाडौं

शुक्रबार, बैशाख ५, २०८२

२४.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता...

प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

अरुणा लामा र तारादेवीलाई ट्रिब्यूट दिदै पोखरामा गुञ्जियो कालजयी...