fbpx

जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न हुन्छः प्रधानन्त्री पुष्पकमल दाहाल

author

समाचारपाटी

१0 महिना अगाडि

प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताउनुभएको छ । 

मंगलवार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानन्त्री दाहालले जाजरकोट र रुकुममा अस्थायी पुनःनिर्माणको काम एक महिनाभित्र सम्पन्न भइसक्ने बताउनु भयो । उहाँले भूकम्प पीडितका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले निकासी भइसकेको बताउनु भयो । उहाँले विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँको व्यवस्थापन गरिएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘जाजरकोट, रुकुम भुकम्पपछि खोज र उद्दारमा सरकारले लिएको तदारुकताले पनि राज्यप्रति जनताको भरोसा बढाएको छ । भूकम्पका कारण आवास क्षति भई बसोबास गर्न अयोग्य परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरी २ अर्ब २६ करोड निकासी गरियो । साथै चालु आर्थिक वर्षका लागि संसदीय क्षेत्र विकास पूर्वाधारका लागि विनियोजन गरिएको रकम ८ अर्ब हाललाई भूकम्प पछिको पुननिर्माण तथा पुनःउत्थानमा खर्च गर्ने र थप रु. एक अर्ब ७५ करोड समेत सो कोषमा थप गरी रु. १० अर्ब विपद् व्यवस्थापनका लागि गराइँदैछ । अब एक महिनाभित्र अस्थायी पुनःनिर्माणको काम सम्पन्न गरिसकिनेछ ।’ 

उहाँले जाजरकोट र रुकुमको भुकम्पपछि खोज र उद्दारमा सरकारले लिएको तदारुकताले राज्यप्रति जनताको भरोसा बढाएको उल्लेख गर्नुभयो ।


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन