स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले गत हप्ताको भीषण बाढीबाट प्रभावित भ्यालेन्सिया, कास्टिला–ला मान्चा र अन्डालुसियाका क्षेत्रहरूलाई प्रकोप क्षेत्र (स्पेनिसमा जोना क्याटास्ट्रोफिका) को रूपमा घोषणा गरेको बताउनुभएको छ । पालासियो डे ला मोन्क्लोआमा रहेको आफ्नो सरकारी निवासमा आयोजित पत्रकार सम्मेलनमा सान्चेजले विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले १०.६ अर्ब युरो (११.५ अर्ब अमेरिकी डलर) आर्थिक तथा वित्तीय सहायता उपलब्ध गराउने बताउनु भयो । सम्पूर्ण देशवासीलाई बाढीबाट जोगिन सरकारले आग्रह गरेको छ ।