काठमाडौं । बलिउड अभिनेता शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको फिल्म ‘पठान’को तूफान रोकिन छाडेको छैन ।
फिल्मले रिलिज भएको १४ दिन नबित्दै बक्स अफिसमा ४५० करोडको आँकडा पार गरिसकेको छ भने फिल्मले विश्वभर ८५० करोड रुपैयाँ पनि कमाएको छ । ‘पठान’ ले पाएको अत्याधिक प्रतिक्रियाले निर्माता र फ्यानहरु निकै खुसी छन् ।
योसँगै ‘पठान’को सफलताको गुञ्ज संसदमा पनि पुगेको छ । बुधबार प्रधानमन्त्री नरेन्द्र मोदीले संसदमा शाहरुख खानको फिल्म ‘पठान’ को नाम लिई प्रशंसा गर्नुभएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार संसदमा शाहरुख खानको फिल्म ‘पठान’को प्रशंसा गर्नुभएको छ । उहाँले भन्नुभयो , दशकौंपछि श्रीनगर भित्र थिएटरहरू हाउसफुल छन्।
‘पठान’का लागि प्रधानमन्त्री मोदीको यो प्रशंसाले शाहरुख खानका फ्यानमा खुसीको लहर छाएको छ । फिल्मको यो तारिफलाई लिएर मानिसहरुले शाहरुख खानको निकै तारिफ गरिरहेका छन् ।