fbpx

‘हिजोको हाम्रो इतिहास गौरवपूर्ण छ,अलिकति समय हामी पछाडि पर्यौ’:- प्रधानमन्त्री

author

समाचारपाटी

१ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित युवासँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको इतिहास गौरवपूर्ण रहेको र अब नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको हो । उहाँले केही समय नेपाल पछाडि परेको भएपनि अब प्रविधिको प्रयोग र विकासबाट नेपाल अरु मुलुक भन्दा अगाडि जानसक्ने बताउनु भयो । उहाँले नेपालमा सबैखाले विकास गर्नका लागि प्रविधिको पहुँच रहेको र नेपाली युवाहरुले देश विकासका लागि प्रविधिको माध्यमबाट धेरै कुराहरु गर्नसक्ने बताउनु भयो । उहाँले आत्मविश्वासका साथ काम गर्दा सफलता पाइने भन्दै विद्यार्थीलाई पनि आत्मविश्वास राखेर देश बनाउन सकिन्छ भन्ने भावका साथ अध्ययन गर्न आग्रह गर्नुभयो । अहिलेको सरकारको ध्यान तिब्र विकासको काममा रहेको उल्लेख गर्नुभयो । अहिलेको सरकारको ध्यान तिब्र विकास, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने भन्नेमा केन्द्रित रहेको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हिजोको हाम्रो इतिहास गौरववपूर्ण छ । अलिकति समय हामी पछाडि पर्यौँ । अब हामी पछाडि पर्नुपर्ने कुनै कारण छैन । सबै टेक्नोलोजी एभाइलेभल छ आज । स्पेश टेक्नोलोजी होस् की, एआई टेक्नोलोजी होस् की, अरु टेक्नोलोजी होस् की सबै एभाइलेभल छ । आज ९÷१० मा पढ्ने विद्यार्थीले साइन्सका जुन डेमोहरु गर्दछन्, आश्चर्य लाग्दा डेमोहरु गर्दछन् । ११÷१२ मा पढ्ने विद्यार्थीले स्पेश साइन्समा सानासाना रकेटहरु छोड्छन् । अन्तरिक्षमा हामी स्याटलाइट पठाउन सक्छाैँ भन्छन् । हामी पछाडि पर्नुपर्ने कुनैपनि कारण छैन । हामीले आत्मविश्वास राख्नुपर्दछ । अब हामी पछाडि पर्नु हुँदैन । हामीले आत्मविश्वास राख्नुपर्दछ । म देशको प्रधानमन्त्रीको हैसियतले नानीबाबुहरुलाई भन्न चाहन्छु, मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रुपमा आज विकास गर्ने, आज तिब्र विकास गर्ने, आजका बालबालिकाहरुलाई ठिक ढंगले हुर्काउने, उनीहरुलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग दक्ष बनाउने, ग्लवोल्ली उनीहरुको प्रतिष्पर्धात्मक क्षमता वृद्धि गर्ने र हामी अगाडि छौँ, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ ।’


प्रधानमन्त्री ओलीले बालबालिकाहरुले हामी गर्नसक्छौँ र अरु भन्दा अगाडि जानसक्छाँै भन्ने सोचेर अध्ययन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सुस्वस्थ र निरोगी नेपाल बनाउने कुरामा सरकारको ध्यान रहेको बताउनु भयो । विद्यार्थीलाई गलत संगतमा नपर्ने आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, चैत्र २, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन