fbpx

पार्टी टुक्राउने, भत्काउने जस्ता खुद्रे कुराहरु सरकारको मेन्युमा छैनः प्रधानमन्त्री

author

समाचारपाटी

२ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पार्टी फुटाउने कुरामा जोड नदिएको बताउनुभएको छ । शुक्रवारको प्रतिनिधि सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस—एमाले सहितको बलियो सरकारको प्राथमिकता पार्टी फुटाउने नरहेको बताउनु भयो । उहाँले सरकार ढल्छ भन्नेकुरा गरेर विपक्षीहरुले आफ्नो समय खेर फालिरहेको भन्दै व्यर्थमा समय खेर नफाल्न आग्रह गर्नुभयो । ‘ढलें–ढलें, ढलें–ढलें म त...’ जस्ता गीत मनोरञ्जन पार्टी÷उत्सवहरुमा सुहाए पनि राजनीतिमा नसुहाउने उहाँको टिप्पणी थियो । सरकार बनाउने र हटाउने थलो सदन नै भएकाले दिनरात यस्ता हल्ला गरेर आगामी तीन वर्ष बिताउनु जनताका लागि राम्रो नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘कतिपय साथीहरुबाट मैले ‘बच्चाको जस्तो स्वभाव’ भन्ने टिप्पणी पनि सुन्ने गरेको छु । वच्चा होस् वा पाका, कसैलाई पनि डर देखाउनु हुँदैन भन्ने म ठान्छु । आफैं डराउनेलाई दिन मिल्ने जवाफ चाहीँ मसँग छैन । बरु तिनीहरु आफ्नै कर्मको भयपासमा पो परेका हुन् कि भन्ने लाग्छ । आज यत्ति चाहीँ भन्छु– पार्टी टुक्राउने, भत्काउने जस्ता खुद्रे कुराहरु यो सरकारको मेन्युमा छैन । ढुक्क हुनुस्–काँग्रेस एमाले सहितको यति बलियो सरकारको प्राथमकिता त्यस्तो हुन सक्दैन । विपक्षमा रहेका साथीहरुले एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ– ‘सरकार ढल्छ । ढल्नै लाग्यो । पुस मसान्त, माघे संक्रान्ति काट्दैन ।’ आदि इत्यादि । ‘ढलें–ढलें, ढलें–ढलें म त...’ यो ‘गीत’ अति नै गाइयो । यो ‘गीत’ मनोरञ्जन पार्टी÷उत्सवहरुमा सुहाउला, राजनीतिमा सुहाउँदैन । अझ एकजना माननीयले कतै यस गीतलाई श्लील भएन समेत भन्नु भएको सुनेको छु । यस्तो गायन मनोरञ्जनका मञ्चमा गाउनु राम्रो हुन्छ, राजनीतिका मञ्चमा गाउन बन्द गरौं । सरकार बनाउने र हटाउने थलो यही सम्मानित सदन हो, अन्त कतै होइन । दिनरातै यस्ता हल्ला गरेर आगामी तीन वर्ष विताउनु जनताका लागि के फाइदा ? देशका लागि के फाइदा ? बरु दैलेखमा उत्खनन् सफल भएको इन्धनको कुरा गर्नुस्, नागढुङ्गाको सुरुङमा कहिले यातायात चल्छ भन्ने प्रश्न गर्नुस्, भर्खरै ब्रेक थ्रु भएको किमाथांका–जोगवनी सडकले चीन र भारत जोडिंदा के फाइदा हुन्छ, त्यसको कुरा गर्नुस् । सरकारको म्युजिकल चेयर गेम भन्दा त जनताको जीवनमा त्यसले पो अर्थ राख्ला कि !’  
प्रधानमन्त्री ओलीले सरकारको म्युजिकल चेयर गेम भन्दा जनताको जीवनका कुराहरुले बढी अर्थ राख्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन