fbpx

“लाइन होइन, अनलाइन सेवा” को लक्ष्य पूरा हुँदैछ ’:- प्रधानमन्त्री

author

समाचारपाटी

२ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सुविधाको ढोका खोल्नेकुरा राजनीतिलाई व्यवसायको बजार बनाउनेहरुका लागि दुःखद् भएको बताउनुभएको छ ।


शुक्रवारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले सकरारले कुनै न कुनै संरचना बनाइरहेको र त्यसले जनतालाई सुविधानको ढोका खोल्दा कतिपयलाई असहज भएको बताउनु भयो । उहाँले निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्या भन्दा– व्यवसायको बजार बनाउनेहरुका लागि यस्तो खबर रहेको बताउनु भयो । राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरुबाट पर गएर मात्र बन्दै गरेको नेपाललाई अघि बढाउन सकिने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘कुनै न कुनै संरचना बनिरहेको र त्यसले जनतालाई सुविधाको ढोका खोलिरहेको खबर नागरिक जीवनका लागि सुखद् हो । निराशाको व्यापार गर्ने, असन्तुष्टि र उत्तेजनाको उद्योग चलाउने, त्यसमा नै आफ्नो भविष्य देखिरहेका र राजनीतिलाई सेवाको तपस्या भन्दा– व्यवसायको बजार बनाउनेहरुका लागि यस्तो खबर दुःखद् हो । राजनीतिलाई केवल सामाजिक सञ्जालमा प्रतिक्रिया खपतको व्यवसाय बनाउनेहरुबाट पर गएर मात्र हामी बन्दै गरेको नेपाललाई देख्नसक्छौं । शिघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा हामीले सुरु गरेको नागरिक एप त्यस्तै एउटा पहल हो– जसले सरकारी सेवालाई झन्झटरहित र पारदर्शी बनाएको छ । यसमा ५० भन्दा बढी सेवा आबद्ध छन् । नागरिक एप अहिले नेपालमा सबैभन्दा बढि डाउनलोड हुने नेपाली एपमा पहिलो नम्बरमा छ । हालसम्म ५७ लाख २६ हजार जनाले यसलाई डाउनलोड गरिसकेका छन् । जसरी केही वर्षअघि क्युआर स्क्यान गरी भुक्तानी थाल्दा हाम्रो भुक्तानी प्रणालीमा नै क्रान्ति आयो, सेवाग्राहिलाई डिजिटल माध्यमबाट भुक्तानीको सुबिधा मिल्यो– त्यसैगरी अहिले नागरिक एपबाट क्युआर कोड स्क्यान गरी बैंक खाता खोल्ने र सरकारी सेवा प्राप्त गर्ने सुविधा मिल्दा यसबाट “लाइन होइन, अनलाइन सेवा” को लक्ष्य पूरा हुँदैछ, सरकारी कामलाई छिटो, छरितो र पारदर्शी बनाउँदै छ ।’
प्रधानमन्त्री ओलीले सरकारले सरकारी कामलाई छिटो, छरितो र पारदर्शी बनाउँदै लगेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन