fbpx

ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँः प्रधानमन्त्री केपी ओली

author

समाचारपाटी

१ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाउन आग्रह गर्नुभएको छ । शनिवार अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसको रुपमा मान्यता दिएको उल्लेख गर्दै उहाँले खुशी व्यक्त गर्नुभयो । उहाँले ध्यान दिवसको सबैले सदुपयोग गर्न आह्वान गर्दै ध्यानबाट लाभ लिन आग्रह गर्नुभयो । उहाँले ध्यान मानव जातिको कल्याणको निम्ति भएको उल्लेख गर्नुभयो । वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र नभइ आफ्नो दिनचर्या बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आज २१ डिसेम्बर, अन्तर्राष्ट्रिय ध्यान दिवस । संयुक्त राष्ट्र संघले २१ डिसेम्बरलाई अब उपरान्त ध्यान दिवसको रुपमा मान्यता दिएको छ । यस अवसरमा म खुशी व्यक्त गर्न चाहन्छु । सबैमा बधाई भन्न चाहन्छु । शुभकामना भन्न चाहन्छु । यस ध्यान दिवसको हामी सबैले सदुपयोग गरौँ । यसबाट लाभ लिऔँ । ध्यान मानव जातिको कल्याणको निम्ति यस वर्ष मात्रै होइन, हामीले ध्यान दिवसलाई मनाउँदै जानुपर्छ । वर्षमा एक पटक २१ डिसेम्बरका दिन मात्र होइन, ध्यानलाई आफ्नो दिनचर्याको अभिन्न अंगको रुपमा अपनाऔँ । सम्पूर्ण मानव जातिको कल्याणका लागि यसको सदुपयोग गरौँ । सधैँ ध्यानबाट स्वस्थ हौँ । शारीरिक र मानसिक हिसावले सधैँ स्वस्थ रहौँ । अरुलाई पनि स्वस्थ रहन सहयोग पुर्याऔँ ।’

प्रधानमन्त्री ओलीले ध्यानबाट शारीरिक र मानसिक हिसावले सधैँ स्वस्थ रहन र अरुलाई पनि स्वस्थ रहन सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन