fbpx

‘जातपातरुपी ऐंजेरुलाई फेदैमा लुछेर फाल्नुपर्छ’:- प्रधानमन्त्री केपी शर्मा ओली

author

समाचारपाटी

१ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले जातपातलाई समाजलाई व्यवस्थित गर्ने क्रममा पलाएको ऐंजेरुको रुपमा चित्रण गर्नुभएको छ ।


बुधवार काठमाडौंमा नेपाल उत्पिडित जातिय मुक्ति समाजको ३७ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबैभन्दा पहिला मानिस हौँ भन्नेकुरा बुझ्न जरुरी रहेको बताउनु भयो । उहाँले मानिस सबै बराबर हुने बताउनु भयो । जातपात नचाहिने कुरा भएको उल्लेख गर्दै एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा ठिक तरिका छान्न नसक्दा जातपातका रुपमा गलत तरिका प्रवेश गरेको बताउनु भयो । उहाँले जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा भएको बताउनु भयो । जातपात र छुवाछुतलाई फेदैमा लुछेर फालिदिनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘ हामी मानिस हौँ, पहिलो कुरा । जसले हामी मानिस हौँ भन्नेकुरा बुझ्दैन, अनि बाँकी के बुझ्छ त ? मानिस हौँ, मानिस भनेको बराबर हुन्छ । जातपात नचाहिने कुरा हो । यो एउटा समाजलाई व्यवस्थित गर्ने क्रममा कसरी गर्ने भन्दा विकासको क्रममा ठिक तरिका छान्न नसक्दा गलत तरिका कहिले कहिले प्रवेश गरे । यस्तै यो गलत तरिका हो । सामाजिक व्यवस्थापनको यो सन्दर्भमा त्यो बिरुवालाई हुर्काउनुपर्ने बेलामा पलाएको ऐंजेरु हो यो । जातियता, साम्प्रदायिकता, छुवाछुत घिनलाग्दो कुरा हो । यस्तो ऐंजेरु भएपछि काँडादार हुन्छ, त्यसले छिटो घोच्छ, घोचिरहेको छ समाजलाई । यो ऐंजेरु नै हो, यसलाई फेदैमा लुछेर फालिदिनुपर्छ । हामीले तत्सम्बन्धमा प्रयास गरेका छाैँ ।’

प्रधानमन्त्री ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जथाभावी बोल्ने र गर्न थालेपछि काँग्रेस र एमाले मिलाएर सरकार बनाएको बताउनु भयो । अस्थिरता, अन्योलता र भ्रष्टाचारको सीमा नरहे पनि आफूहरु मिलेर सरकार बनाएको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन