fbpx

व्यवस्था मात्र होइन देश र जनताको अवस्था पनि परिवर्तन भएको छः प्रधानमन्त्री  केपी शर्मा ओली

author

समाचारपाटी

१ महिना अगाडि


प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालभित्र सडक बालबालिकाको व्यवस्थापन गरिसक्ने घोषणा गर्नुभएको छ । मंगलवार ललितपुर महानगरपालिकाको १०६ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बाधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्नुभएको हो । उहाँले २०८२ सालभित्र सडक मानव र सडक बालबालिकको व्यवस्थापन गर्दै सरकारले अभिभाकत्व दिने बताउनु भयो । उहाँले सडक बालबालिकाहरुको व्यवस्थापन गर्दै उनीहरुलाई यथोचित आहार र उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाउनु भयो । वर्तमान सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको उहाँको दाबी छ । उहाँले मानवीय वृत्तमा केही समस्याहरु रहेको उल्लेख गर्दै त्यस्ता समस्याहरुलाई शिक्षा र नविनतम प्रविधिहरुको प्रयोग गर्दै समाधान गर्ने बाटोमा सरकार रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘पहिले पहिले बाढीले बगाएको खण्डमा हेर्ने कुनै सरकार हुन्थ्यो ? कसैले हेर्दैन थियो । बगायो त बगायो  । अहिलेको सरकार त अभिभावक जस्तो भएर प्रश्तुत भएको छ । अहिलेको सरकार जनताप्रति उत्तरदायी र जिम्मेवार भएको छ । सक्नेले खाउ नसक्ने मर भन्ने होइन । नसक्नेका लागि सरकार छ भन्ने खालको सरकार बनेको छ अहिले । पहिलेको  लागि कर उठाउनका लागि मात्र होइन नगरपालिका र महानगरपालिकाहरु सेवा गर्नको लागि बनेका छन् । मानवीय वृतमा समस्याहरु होलान् । त्यसलाई हामी शिक्षा दिक्षाको माध्यमबाट आधुनिकिकरण र उन्नत प्रविधिको माध्यमबाट विकृतिहरुलाई हटाउने र राम्रो कल्चर स्थापना गर्दैछौं । सरकारको काम मुख्य रुपमा साशन होइन सेवा दिने हो । अभिभावकबिहिन बालबालिकाहरु खाते भएर सडकमा हिँड्न सक्दैनन् भनेर हामीले बालिकाबालिकाहरुलाई सडकमा कुकुरसँग सुत्ने र कुकुरको खोसेर खाने हुन दिँदैनौं भनेर हामीले व्यवस्था गर्न थालेका हौं । सडकमा मानव अलपत्र पर्न दिँदैन भनेर हामी जिम्मेवार भएर लाग्यौं । अब हामी २०८२ सालभित्र सडकमा बालबालिकाहरुको उद्धार गरेर व्यवस्थापन गरिसक्छौं । २०८२ सालसम्म हामी सडक मानव रहन दिँदैनौं । त्यस अवस्थालाई अन्त्य गर्छौं । बालबालिकाहरुलाई राख्ने र बचाउने मात्र होइन । तिनीहरुलाई यथोचित आहार दिएर उपयुक्त शिक्षा दिएर सुयोग्य नागरिक बन्ने गरेर सरकारले व्यवस्था गर्छ । सबैसँग प्रतिष्पर्धा गर्ने नागरिककै रुपमा अभिभावक बिहिनलाई सरकारले अभिभाकत्व दिएर अगाडि बढाउँछ ।’


व्यवस्था बद्लिएपनि नागरिकको अवस्था बद्लिएन भन्ने गरेको भन्दै नागरिकको अवस्थामा समेत बिस्तारै सुधार भइरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले तीन वर्षको अवधीमा नौ लाख नागरिकलाई गरिबीको रेखामुनिबाट मथि उठाएको दाबी गर्नुभयो । विकासको क्रमसँगै केही नकारात्मक प्रवृत्तिहरु देखिएपनि आम रुपमा देशको अवस्था र जनताको अवस्था पहिलाको जस्तो नभएको समेत उहाँले बताउनु भयो । उहाँले पूर्वपश्चिम राजमार्गहरु निर्माण, उद्योगहरुको स्थापना र स्थास्थ्यको क्षेत्रमा समेत उल्लेखनीय कामहरु भएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘कतिपय मान्छेहरुले भन्ने गरेका छन् व्यवस्था बद्लियो अवस्था बद्लिएन भने । तर व्यवस्था पनि बद्लियो अवस्थामा पनि बद्लियो । हिजो ४० प्रतिशत जनता निरपेक्ष गरिबिको रेखामुनी जनता थिए । मैले प्रधानमन्त्रीबाट छोड्दा १७ प्रतिशतमा झारिएको थियो । नौ लाख मानिसलाई निरपेक्ष गरिबिको मुनिबाट माथि उठाइएको थियो । तीन वर्षमा यो संख्या बढेर अहिले २० प्रतिशतमा पुगेको छ ।  त्यस्ता केही नकारात्मक प्रवृत्तिहरु देखिएपनि आम रुपमा देशको अवस्था र जनताको अवस्था हिजोको जस्तो छैन । यसैगरी सवारी थिए हिजो ? थिएन नि त । झापामा म जाँदा एक जनासँग मात्र जिप थियो । अहिले कति मोटरगाडी छन् भनि साध्य छैनन् । नयाँ मध्यपहाडी राजमार्गगरि तीन वटा राजमार्ग बनाएका छौं । २० दिनमा मध्पहाडी राजमार्ग कटाउन सम्भव थियो । आज चाँही भएको छ । हजारौ पुलहरु बनेका छन् । केही उद्योगहरु मासिए पनि धेरै उद्योगहरु स्थापना भएका छन् । व्यवस्था परिवर्तन भएको बेला भन्दा आज निर्यात पनि बढेको छ । अर्थतन्त्रको आकार बढेको छ । मानिसहरुको सरदर आयु ४२ वर्ष थियो । पछि ४९ वर्ष पुगेको थियो । आज सरदर आयु ७२ वर्ष पुगेको दुई वटा कुराले । एउटा मानिसमा सम्पन्नता आएको छ । खान लाउन पाएको छ । अर्को, जिविकाको लागि भारी नै बोक्नुपर्ने अवस्था एकदमै न्युन भएको छ । अर्को स्वास्थ्यपचारको राम्रो व्यवस्था भएको छ । किड्नि ट्रान्सपलान्ट गर्ने सुविधा नभएको भए मेरो अस्ति साउनमा १८ औं पुन्यतिथि भइसक्थ्यो ।’


उहाँले मुलुकमा सुशासन कायम गर्ने सवालमा सरकारले भ्रष्टचरीहरुको मुख नहेरी अपराधका आधारमा कारबाही गर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, माघ ३, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन