fbpx

प्रधानमन्त्रीको चीन भ्रमण सफलः स्थानीय तहको निर्वाचनबारे गम्भीर समीक्षा गर्छौंः नेकपा एमाले

author

समाचारपाटी

१ महिना अगाडि

सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सफलतापूर्वक सम्पन्न भएको निस्कर्षसहित धन्यवाद ज्ञापन गरेको छ ।

मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा सम्झौता गरी अघि बढाउनु आफैँमा सफलता भएको निस्कर्ष निकालेको हो । बैठकपछि बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षा गरिएको बताउनु भयो । उहाँले नेपाल—चीन सम्बन्धमा पारेका प्रभावको समीक्षा गर्दा भ्रमण सफल भएको निस्कर्ष निकालेको बताउनु भयो । अन्य सम्झौताका अतिरिक्त बिआरआईमा भउको सम्झौता नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि भएको एमालेको ठहर छ । सत्तामा रहेका प्रमुख पार्टीहरुको बीचमा भएको सहमतिले बिआरआईलाई निस्कर्षमा पु¥याउन सहयोग गर्नुका साथै भविष्यमा परराष्ट्र नीति र वाह्य सम्बन्ध सञ्चालन गर्दा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको निस्कर्ष एमालेको छ । बिआरआई सहमतिमा दुवै देशले कार्यान्वयनमा जोड दिनुपर्ने एमालेको भनाइ छ । 
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीज्युको हालै सम्पन्न चीन भ्रमण, त्यसमा भएको सम्झौता, त्यसले नेपाल—चीन सम्बन्धमा पार्ने प्रभावहरुको बारेमा समीक्षा गरेका छौँ । भ्रमण निकै सफल भएको निस्कर्ष निकालेका छौँ । अन्य सम्झौताका अतिरिक्त बिआरआईमा जुन सम्भmौता भएको छ, त्यो नेपालको दीर्घकालीन विकासका लागि निकै महत्वपूर्ण उपलब्धि हो भन्ने बैठकले निस्कर्ष निकालेको छ । सत्तामा रहेका प्रमुख पार्टीहरुको बीचमा जुन ढंगको अण्डरस्ट्याण्डिङ बनेको छ, यसले बिआरआईलाई निस्कर्षमा पु¥याउन त सहयोग गरेको छ नै भोलिका दिनमा परराष्ट्र नीति र वाह्य सम्बन्ध सञ्चालन गर्दा एउटा दिगोपन राष्ट्रिय सहमति निर्माण हुने आधार बनेको छ । भ्रमण निकै सफल रहेको निस्कर्षसहित बधाई ज्ञापन गरेका छौँ । दुवै देशले भएका सहमतिको शिघ्र कार्यान्वयनमा केन्द्रित हुनुपर्ने हाम्रो निस्कर्ष छ । मंसिर १६ गते सम्पन्न स्थानीय तहका उपनिर्वाचनको समीक्षा गरेका छौँ । समग्रमा नेकपा एमालेले थप उपलब्धि हाँसिल गरेको छ । हामीले जितेका सात वडाहरुमा पद रिक्त भएको थियो, सबै गरेर ४२ पदमा रिक्त थियो । एउटा अध्यक्ष, दुई उपाध्यक्षसहित समग्रमा ८ सिटमा विजय हाँसिल गरेका छौँ । तर यति हुँदाहुँदै पनि यो परिणामलाई गम्भीरतापूर्वक लिएका छौँ । खासगरी कीर्तिपुर नगरपालिका, १६ नम्बर वडा, केही वडाहरु जस्तो शहरी क्षेत्रमा जे अपेक्षा गरेका थियौँ, त्यो ढंगले परिणाम आउन नसकेको कुराप्रति गम्भीर भएका छौँ । अझ बढी शहरी जनमतसँग पार्टीलाई जोड्दै लैजानुपर्ने कुरामा निस्कर्ष निकालेका छौँ । सँगै यो दुई वर्षको बीचमा प्रायः जुन पार्टीले जुन ठाउँमा जितेको थियो, त्यहाँ जनमत परिवर्तन भएको देखिन्छ । मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएका छौँ । सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै मिस इन्फरमेसन र डिस इन्फरमेसनको माध्यमबाट जनतामा निराशा फैल्याउने, भ्रम फैल्याउने र कतिपय राजनीतिक दलका नेताहरुले आफ्नो क्षणिक स्वार्थका निम्ति त्यस्ता कुरालाई समेत बढावा दिने गरेको देखिएको छ । त्यो प्रवृत्ति किमार्थ उचित होइन । त्यस्तो अराजक प्रचारले कसैलाई लाभ दिँदैन ।’

बैठकले मंसिर १६ गते भएको उपनिर्वाचनको समीक्षासमेत गरेको छ । जसमा समग्रमा विगतको भन्दा धेरै सिट जिते पनि कुनैपनि पार्टीले जनताको मत आफ्नो साथमा राख्न नसकेकोमा समीक्षा गरेको बताउनु भयो । शहरी क्षेत्रमा जनमत सोचेको जस्तो नआएको बारेमा पनि छलफल गरिएको र आगामी दिनमा जनमत जोड्दै जानेबारेमा निस्कर्ष निकालेको बताउनु भयो । मतको परिवर्तनलाई गम्भीरतापूर्वक लिएको उहाँको भनाइ छ । केही राजनीतिक दलका नेताहरुले आफ्नो क्षणिक स्वार्थका निम्ति सामाजिक सञ्जालहरुको दुरुपयोग गर्दै मिस इन्फरमेसन र डिस इन्फरमेसनको माध्यमबाट जनतामा निराशा र भ्रम फैल्याउने काम गरेको निस्कर्ष एमालेको छ ।

——न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन