चार दिने चीन भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किनुभएको छ । बिहीवार त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली स्वदेश फर्किनुभएको हो । मंसिर १७ गते चिनियाँ समकक्षी लि छ्याङको औपचारिक निमन्त्रणामा चीन जानुभएको थियो । चीनमा प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी छ्याङसहित चिनियाँ राष्ट्रपति शि जिनपिङसँग पनि भेटवार्ता गर्नुभयो । भेटका क्रममा दुई पक्षीय सम्बन्ध बिस्तार लगायत विभिन्न विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । भेटका क्रममा चीनका राष्ट्रपति शि जिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी (करिव नौ अर्ब रुपैयाँ) अनुदान सहयोग घोषणा गर्नुभएको छ । साथै नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एण्ड रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर समेत भएको छ ।
—न्युज एजेन्सी नेपाल