प्रचण्डलाई प्रधानमन्त्री ओलीको चेतावनीः हिंसाको महिमा मण्डन नगर्नुस्, मुठी मान्छेको रहरलाई जनआन्दोलन भन्न मिल्दैन

author

समाचारपाटी

११ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिनुभएको छ । शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गर्नुभयो । उहाँले देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार व्यवस्थापन भएको बताउनु भयो । उहाँले माओवादी युद्ध महान थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जन आन्दोलन फेल नहुने बताउनु भयो । उहाँले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोजे देशले स्वीकार नगर्ने बताउनु भयो । झापा आन्दोलनताका आफूले लिएका नीतिहरु पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शाीन्त प्रक्रियामा आएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘निजामति सेवा ऐन निर्माण गर्नुछ, विधेयक पास गर्नुछ । यसका निम्ति हामीले छलफल गर्छौं । अहिले सरकारलाई धेरै अफ्ठ्यारो छैन । किनभने सहज बहुमत सरकारसँग छ । यो धेरै तानतुनको होइन, दुई वटा पार्टीको सरकार छ । दुई वटा रेस्पोन्सिबल पार्टीहरुको सरकार छ । देशका लागि लडेका, लोकतन्त्रको लागि लडेका पार्टीहरुको नै सरकार छ । त्यसो भएर त्यति अफ्ठ्यारो छैन संख्याको हिसावले । हामी छलफल गर्छौं कुनैपनि हिसावले अफ्ठ्यारो नहोस् । हामीले टिआरसी बलि जस्तो त पास ग¥यौँ, सहमतिले अहिले । हामीसँग बहुमत छ भनेर बहुमतले पास गरेको होइन, आम रुपमा भन्ने हो भने सर्वसम्मतले पास गरेका हौँ । हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुप¥यो । केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनुप¥यो शान्ति प्रक्रियामा ? त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो । जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन । जन आन्दोलन हो भनेपनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन । अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ । बाटो बदल्नुपर्छ । मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने । बदलियो । सही भएन त बदल्नुपर्छ । त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ । बदल्नुपर्छ । बदल्नुपर्दथ्यो, बदलियो पनि । हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ । त्यसले फेरि खतरा ल्याउँछ । हामी हिंसा नमान्नेहरु त छँदै छौँ । हिंसालाई महिमा मण्डन गर्नु हुँदैन । प्रशंसा गर्नु हुँदैन । हिंसा महान थियो, महान हिंसाले ... । मानि लिऔँ, कोही मान्छे जन्मिनु भन्दाअघि यस देशमा घामै उदाउँदैन थियो कि, वर्षै हुँदैन थियो की भनेजस्तो । हामी अब निजामति सेवा ऐनलाई ऐनको रुप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसदमा पेश गरेको अलिक समय भयो होला । तर अब समय आयो भन्ठान्छु म । थुप्रै कुराका लागि समय बलवान हुन्छ भन्छौँ नि म । समय आएको छ ।’प्रधानमन्त्री ओलीले हिंसाको बाटोतिर पुनः जानु नहुने पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...