जनविरोधी क्रियाकलापहरु नगर्न पूर्वराजा शाहलाई प्रधानमन्त्री ओलीको चेतावनी

author

समाचारपाटी

४ हप्ता अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनविरोधी क्रियाकलापहरु नगर्न चेतावनी दिनुभएको छ । 
कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले राजतन्त्र फर्किने भ्रममा कोही पनि नपर्न आग्रह गर्नुभयो । उहाँले अहिलेका आन्दोलनहरु केही समयका लागि उचालिएका गतिविधि मात्रै भएको जिकिर गर्नुभयो । उहाँले पूर्वराजा शाह दरबार हत्याकाण्डपछि भवितव्यले राजा हुनुभएको बताउँदै पूर्वराजा शाहले गर्नुभएको कामहरु पनि देखेको बताउनु भयो । कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘कुनै प्रकारका भ्रममा पर्नुपर्ने आवश्यकता छैन । यि ट्वार ट्वारहरु अलिक समयका ट्वार ट्वार टुर टुर हुन् । पछि आफैँ समाप्त हुन्छन् । हामीले पहिला पनि देखेका हौँ । अढाइ सय वर्षदेखि देखेका हौँ । अढाइ सय वर्षमा केके भए । म त्यतापट्टि जान चाहन्न । हामीले देखेका हौँ राजतन्त्र । त्यसबाहेक दरबार हत्याकाण्डपछि हामीले लखेटेकै पूर्वराजा भनिएका, भवितव्यले राजा भएका ज्ञानेन्द्र शाहले गरेको काम पनि देखेका छौँ । तीन वर्ष शासन हातमा पार्दा कानमा घुसेको कन्सुत्लो जस्तो उफ्रेको उफ्रै, चिथोरेको चिथोरै । कानमा कन्सुत्लो परेर चिथर्यो भने कस्तो हुन्छ कान ? तर त्यस्तो पीडादायक समय जसले गर्दा जनता उठ्नपर्यो । खालि हातका जनता १९ दिन सडकमा उत्रिनुपर्यो । १९ दिनपछि हतियारधारी राजालाई घुँडा टेकाएको हो । फेरि पनि कुनै प्रकारका जनविरोधी क्रियाकलापहरुको चेष्ठा हुन्छ भने जनशक्तिले त्यस्ता चेष्टालाई धुलो चटाउनेछ । त्यस्ता चेष्टा नगर्न चेतावनी दिन चाहन्छु ।’प्रधानमन्त्री ओलीले प्रतिगमन रोक्न र देशको रक्षा गर्न अग्रभागमा नेकपा एमाले रहने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन