एमालेको नेतृत्वमा सरकार रहँदासम्म प्रतिगमन सम्भव छैन, चर्को मूल्य चुकाउनुपर्छः केपी शर्मा ओली

author

समाचारपाटी

१ महिना अगाडि


प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव नरहेको बताउनुभएको छ ।

शनिवार मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई बल्खुमा सम्बोधन गर्दै उहाँले एमाले सरकारमा रहँदासम्म प्रतिगमन सम्भव नरहेको जिकिर गर्नुभएको हो । उहाँले एमालेले प्रतिगमनलाई सम्भव हुन नदिने बताउनु भयो । अरुको नेतृत्वमा विगतमा सम्भव भएपनि आफू नेतृत्वमा रहँदासम्म प्रगिमन नसोचे हुने प्रधानमन्त्री ओलीको चेतावनी छ । प्रतिगमन सोचे मात्रै पनि ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै प्रधानमन्त्री ओलीले प्रतिगमनका निम्ति कोशिस नगर्न आग्रह गर्नुभयो । राज्यका निम्ति कहिल्यै पनि प्रतिगमन स्वीकार्य हुन नसक्ने उहाँको भनाइ छ । नेपालमा कुनै प्रतिगनको लागि ठाउँ खालि नरहेको बताउनु भयो । प्रतिगमनकारीहरुले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही नहुने उहाँको चेतावनी छ । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हाम्रो नेतृत्वमा सरकार हुँदाहुँदै कुनै प्रकारको प्रतिगमन सम्भव छैन । यो सम्भव छैन । हामी सम्भव हुन दिँदैनौँ । अरुको नेतृत्वमा समय समयमा भएका होलान् तर हाम्रो नेतृत्वमा प्रतिगमन नसोचे हुन्छ । साह्रै ठूलो मूल्य चुकाउनुपर्नेछ, प्रतिगमनका निम्ति कोशिस गर्नेहरुले । राज्यका निम्ति कहिल्यै पनि प्रतिगमन स्वीकार्य हुन सक्दैन । यो कुरा जनताको बहुदलीय जनवादको प्रकाशमा नै हामी गरिरहेका छौँ । लोकतन्त्रलाई एउटा परिपूर्ण लोकतन्त्रको नाममा, लोकतन्त्रलाई परिपूर्ण लोकतन्त्रका रुपमा अगाडि बढाउने, राष्ट्रिय एकता र एकतामार्फत राष्ट्रिय लोकतन्त्र । सामाजिक न्याय, समानताको आधारमा राष्ट्रिय एकता । त्यसमाध्यमबाट र एकतावद्ध प्रयासबाट राष्ट्रिय हितहरुको रक्षा, संवद्र्धन पूर्ण रुपमा, अग्रगमनको सुनिश्चितता सम्पूर्ण रुपमा । अर्थात यहाँ कुनै प्रतिगमनको लागि स्पेस छैन । प्रतिगमनकारीहरुले असफल हुने र चर्को मूल्य चुकाउने बाहेक केही हुनेछैन । त्यति जनताको बहुदलीय जनवादले सिकाएको छ । त्यस मान्यतामा हामी अघि बढेका छौँ । माक्सवाद, लेनिनवादले हामीलाई सिकाएको छ ।’


प्रधानमन्त्री ओलीले जनताको बहुदलीय जनवादको मान्यतामा आफूहरु अघि बढेको र त्यो कुरा लेनिनवाद र माक्सवादले सिकाएको जिकिर गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, असार ७, २०८२

२४.८९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्योः सांसद अमनलाल मोदी

जसपा, नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक शुरु

राष्ट्रिय स्वतन्त्र पार्टीको कालो वस्त्र र नीलो रिबनबारे प्रधानमन्त्रीको...

उपेन्द्र यादवलाई प्रदीप यादवको चुनौतिः मन्त्री भएर मेरो क्षेत्रमा...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन