‘विद्युतको बक्यौता उठाउँछौं, तर उद्योग चलाएर’:-केपी शर्मा ओली

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत महसुलको बक्यौता उठाउने बताउनुभएकाे छ । आफ्नो नेतृत्वको सरकारले उद्योगको लाइन काटेर बक्यौता उठाउने बाटो मात्र गलत भएको बताएको उहाँको भनाइ छ । प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्योगहरुले उपभोग गरेको विद्युतको महसुल तिर्नैपर्ने बताउनुभयाे । महसुल नतेरेकै कारण विद्युत काट्दा व्यापार व्यवसायमा असर पर्ने हुनाले मात्र सरकारले जिम्मेवारीपूर्वक लाइन जोड्न सुझाएको उहाँले बताउनुभयाे । सरकारले महसुल मिनाहा गर्न लागेको भन्ने प्रचार झुटो भएको भन्दै उहाँले भन्नुभयाे, ‘बक्यौता उठाउँछौं, तर उद्योग चलाएर ।’

उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुने र मजदुरको रोजगारी गुम्ने हुनाले उद्योग चलाउने र बक्यौता पनि उठाउने बाटो लिएको प्रधानमन्त्रीको भनाइ छ । ‘उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, ब्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ’, उहाँले भन्नुभयाे ।

सरकार र विद्युत प्राधिकरणबीच कुनै मतभेद नरहेको समेत उहाँले बताउनुभयाे । तर सरकारले प्राधिकरणलाई निर्देशन गर्नै हुन्न भन्ने नभएको भन्दै ओलीले भन्नुभयाे, ‘के गोदान हो त्यो ? सोधीखोजी पनि गर्न पाइँदैन ? सोधीखोजी गर्छ ।’ आठरदश वर्षदेखि थाती रहेको विषय भएकाले सरकारले काटिएको लाइन जोडेर बाँकी प्रक्रिया अगाडि बढाएको प्रधानमन्त्री ओलीको भनाइ छ । विद्युतको बक्यौता २२ अर्ब उठाउनुपर्नेमा ६ अर्बमा झारिएको भन्दै उहाँले यसको सोधीखोजी हुनुपर्ने बताउनुभयाे ।

समयमा किन नउठाएको भन्ने सन्दर्भमा समेत सोधीखोजी हुने प्रधनमन्त्रीको भनाइ छ । महालेखा परीक्षकको कार्यालयले समेत २२ अर्ब उठाउनुपर्ने भनेको उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयाे, ‘कहाँ गयो १६ अर्ब ?’

onlinekhabar


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.८४°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन