भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्न प्रधानमन्त्रीको जोड

author

समाचारपाटी

४ हप्ता अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रवार काठमाडौंमा गोरखा भूकम्पको १० औं स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले विपद्बाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । विपद्बाट संरचनाको क्षति हुन पर्खिने नभइ क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्राकृतिक विपत्तिसम्बन्धी पूर्वतयारीमा विशेष जोड दिन आग्रह गर्नुभयो । भूकम्प गएर भत्किसकेपछि घर पुनःनिर्माण गर्ने भन्दा पहिला नै सुरक्षित भएर बस्ने बाटोमा लाग्नुपर्ने बताउनु भयो । यस बाटोबाटै सुरक्षित नेपाल निर्माण गर्न सकिने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘२०७२ सालको भूकम्प जस्तो कुरा हाम्रो राष्ट्रले जतिसुकै रिजिलिएन्स भनेपनि हाम्रो राष्ट्रको आर्थिक अवस्थाले, बजेटले, हाम्रो क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था होइन । यसो भएर हामीले पहिला त्यसबाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता छ ।

भत्किउन्जेल पर्खिने होइन, सकेसम्म पहिला नै कच्चा घर... । हाम्रा पहाडतिर प्रायः घरहरु कस्ता छन् भने डल्ला डल्ला ढुंगा, नमिलाएका ढुंगा त्यस्ता ढुंगाहरुमा माटो मिसाएर त्यत्तिकै एउटा पर्खाल लगाएको हुन्छ । अलिकति हल्लियो भने त्यो भत्किहाल्छ । धन्न भन्नुपर्छ, अहिलेसम्म पनि कतिपय यस्ता घरहरु बाँकी नै छन् । ति घरहरुलाई आफैँले हरेक व्यक्तिले पनि आफ्ना घरहरुलाई सुरक्षित कसरी बनाउने ? भन्नेकुरामा ध्यान दिनुपर्छ ।’


प्रधानमन्त्री ओलीले जस्तोसुकै समयमा पनि सुरक्षित हुने विधि अवलम्वन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले २०७२ को भूकम्पमा सुरक्षा, आम नागरिकहरुले गर्नुभएको सहयोग असाधारण रहेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’