मिसन ०८४ मा हेरौँला, एमाले बिनाको नेपाल हुन्छ की के बिनाकोः प्रधानमन्त्री केपीओली

author

समाचारपाटी

३ हप्ता अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौति दिनुभएको छ ।मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्द उहाँले यस्तो चुनौति दिनुभएको हो । उहाँले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताउनु भयो । उहाँले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिनुभयो । उहाँले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरु भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताउनु भयो । मिसन ०८४ मा एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ हेर्न चुनौति दिनुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राजनीति हिजोको जस्तो मात्रै छैन । आजको अन्तर्राष्ट्रिय नीति हेर्ने हो भने, ग्लोवल अर्डर हर्ने हो भने त्यसले देखाउँछ त्यहाँ एउटा सिद्धान्त, नीतिको कुरा, विचारको कुरा वा आइडोलोजिकल हिसावले पोलिसी निर्माण गर्ने त्यो अवस्था होइन की कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको छ । कमाई थिति, विधि भन्दा ठूलो कुरा हो भनेर लागेको छ । यो विकासक्रमको गतिको नियम हो । यस्ता उत्तारचढावहरु आउँछन् । यस्ता झड्काहरु आउँछन् । यस्तैबाट क्लस स्ट्रगल मजबुत हुँदै जान्छ । दुनियाँले यत्रो हमला गरेको बेला साथीहरुलाई आश्चर्य लाग्दैन । दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला ? केपी ओली बिनाको एमाले । तिनको मनशाय राम्रो भए त म सरक्क छोड्दिहाल्थेँ, नि । हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरुलाई । मिसन ०८४ मा हेरौँला । एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ । हामी चुनौतिका साथ भन्छौँ ।’


प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसावले पोलिसी निर्माण गर्नेतिर नभइ कमाइको प्रतिष्पर्धामा दुनियाँ लागेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान