प्रधानमन्त्री ओलीद्वारा थाई व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह

author

समाचारपाटी

३ हप्ता अगाडि

बैंकक I प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरूसँग आज बैंककमा भेटवार्ता गर्दै नेपालमा लगानीका लागि आग्रह गर्नुभएको छ। औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री ओलीले नेपाललाई लगानीमैत्री गन्तव्यका रूपमा प्रस्तुत गर्दै थाई व्यवसायीहरूलाई अवसरको फाइदा उठाउन आह्वान गर्नुभएको हो।

भेटवार्तामा नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी रहेको थियो। प्रधानमन्त्री ओलीले नेपालमा आवश्यक कानुनी सुधार गरी लगानी सुरक्षाको प्रत्याभूति गरिएको उल्लेख गर्दै निजी क्षेत्रसँग सहकार्य गर्न सकिने बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भइसकेको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको तथा भारत र चीन जस्ता ठूला बजारको लाभ उठाउन सकिने जानकारी गराउनुभयो। उहाँले पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा लगानीका सम्भावना रहेको बताउनुभयो।

प्रधानमन्त्री ओली बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन चैत १९ गतेदेखि २३ गतेसम्म बैंककमा रहनु भएको छ। नेपाल र थाइल्यान्डबीच बुधबार मात्र दुई वटा सरकारी तथा छ वटा गैरसरकारी सम्झौतामा हस्ताक्षर भएको छ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१६.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन