प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरीः प्रधानमन्त्री केपी ओली

author

समाचारपाटी

१ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिभाको बढी भन्दा बढी सदुपयोग गर्न जरुरी रहेको बताउनुभएको छ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभिन्न क्षेत्रका १० व्यक्तित्वहरुलाई सम्मान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिभा सबैसँग हुने तर प्रतिभाको कसले कति प्रयोग ग¥यो भन्नेकुरा महत्वपूर्ण हुने जिकिर गर्नुभयो । सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गर्नुभयो । प्रधानमन्त्री ओलीले उचाई कहिल्यै नसकिने भन्दै सबैले उचाई चुम्दै जानुपर्ने बताउनु भयो । उपलब्धिबाट सन्तुष्टि लिन नहुने बताउनु भयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘प्रतिभा हरेकसँग हुन्छ, तर प्रतिभाको सदुपयोग कति गर्यो भन्नेकुरा मुख्य हो । कसैको मन व्यापक हुन्छ, मस्तिष्क व्यापक हुन्छ, राष्ट्रव्यापी, जनव्यापी धारणा हुन्छ, कुनै एउटा विषयमा उन्नति प्रगति, खोज अनुसन्धान गरिरहेको हुन्छ, उपलब्धि हाँसिल गर्दछ । यहाँहरु १० जना त्यस्तै व्यक्ति हुनुहुन्छ । कोही पर्वतारोही, कोही समाजसेवी । तपाईंहरुले आफ्नो क्षेत्रमा ठूलो योगदान दिनुभएको छ । यसमा सबैको ध्यानाकर्षण भएको छ ।’


पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौं) र हरिराम श्रेष्ठ (गोरखा) हुनुुहुुन्छ । यस्तै चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं) र रामजी अधिकारी (गोरखा) पुरस्कृत हुनुुभएको छ ।

—न्युज एजैन्सी नेपाल


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन