राष्ट्रिय उत्पादनमा जोड दिन प्रधानमन्त्री केपी ओलीको आग्रह

author

समाचारपाटी

१ महिना अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित उद्योग व्यवसायी महासंघको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उद्योग व्यवसायको स्थिति धेरै राम्रो नभएपनि राम्रोतर्फ उन्मुख भइरहेको बताउनु भयो । उहाँले सरकारले व्यवसायसम्बन्धी नीतिहरु पनि सोहीअनुसार अघि बढाइरहेको बताउनु भयो । राष्ट्रिय उत्पादनमा जोड दिँदै देशका लागि आवश्यक उपभोग्य वस्तुहरु आफैँ तयार गर्नसके र आत्मनिर्भर बन्नसके देशलाई अगाडि लैजान सकिने जिकिर गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उद्यम, व्यवसाय, उद्योगको व्यवसायको स्थिति धेरै राम्रो छैन । तर राम्रोतर्फ उन्मुख भएको छ । हामीले हाम्रा नीतिहरु पनि तदनुसारकै राम्रा नीतिहरु लिएर अघि बढेका छौँ । राष्ट्रिय उत्पादनमा जोड, हाम्रा आवश्यकताहरु, उपभोग्य वस्तुहरु हामी आफैँ तयार गर्नसकौँ भन्ने जोड, आत्मनिर्भरतामा देशलाई लैजान सकौँ भन्ने जोड, हाम्रो निर्याततर्फ उद्योगहरु स्थापना गरौँ, निर्यातलाई बढावा दिऔँ, त्यसमा जोड, आयात प्रतिष्थापन गरौँ । हामीले धागो, कपडा, जुत्ता, मोजा उत्पादनमा जोड दिनुपर्नेछ । पर्याप्त स्तरीय सावन उत्पादन गर्नुपर्नेछ, दन्त मञ्जन उत्पादन गर्नुपर्नेछ । बिहान उठ्नेबित्तिकै आफ्नै देशमा बनेको ब्रस, मञ्जनले मुख सफा गर्न पाउँदा कति खुशी हुन्थ्यो, त्यो पनि हाम्रो स्थिति छैन ।’प्रधानमन्त्री ओलीले नेपालीले आफ्ना उत्पादनहरु प्रयोग गर्ने बानी बसाउनुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

१८.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’