fbpx

न्युनतम पारिश्रमीक नदिने संस्थाहरु कारबाहीको दायरामा आउँछन्ः प्रधानमन्त्री

author

समाचारपाटी

२ हप्ता अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउनका लागि हरेकले आफ्नो क्षेत्रबाट सक्ने काम गर्नुपर्ने बताउनुभएको छ । मंगलवार टेड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो ठाउँबाट सकेको काम गरेर सघाउन सके देश बन्न समय नलाग्ने बताउनु भयो । उहाँले राम्रो काम गर्नेहरुलाई जसरी पनि बिरोध गरेर राम्रो काम गर्न नदिने परिपाटी हुनु दुःखद् भएको बताउनु भयो । उहाँले राम्रो काम गर्नेहरुलाई झुटो आरोप लगाउने, काम गर्न नदिने परिपाटी विकसित भइरहकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले यसअघि प्रधानमन्त्री बन्दा पनि आफूले एक सय एक ऐतिहासिक कामहरु गरेको जिकिर गर्नुभयो । उहाँले अहिले पनि युवाहरुलाई लक्षित गरेर एक लाख भन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थितिको अन्त्य गर्न अनलाइन सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले यसपटक कम्तिमा ६० प्रतिशत नतिजा पुर्याउने उद्देश्यले व्यक्तिगत तवरबाट आफू लागिरहेको र एक लाख बढी विद्यार्थी सहभागी रहेको दाबी गर्नुभयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपालमा एक खालको लहर के छ भने राम्रो काम कसैले गर्न खोज्यो भने त्यसको बिरोध गर्ने, यसको झुटो आरोप लगाउने, त्यसमाथि बिरोध गर्ने । कुनै सरकार अलिकति गरौँ भनेर काम गर्न खोज्यो भने त्यसलाई गर्न नदिने । आफू सरकारमा भयो भने नाटक गर्ने । नाटकमै समय बित्छ । अर्कोले गर्न खोज्यो भने त्यसको बिरोध गर्ने, कसरी त्यसलाई असफल बनाउन सकिन्छ भनेर लाग्ने । यो भन्दा अगाडि म सरकारमा जाँदा एक सय एक ऐतिहासिक मैले नेतृत्व गरेको सरकारमा एक सय एक ऐतिहासिक काम भएका छन् । पूर्वाधार निर्माणका कुरा हुन्, विकासका कुरा हुन्, शिक्षा क्षेत्र, अरु पनि कुरा हुन् । अहिले पनि एसईईलाई ध्यानमा राखेर व्यक्तिगत तवरमा युवाहरुलाई आग्रह गरेर व्यक्तिगत तवरमा पनि सञ्चालन गरिरहेको छु एक लाख भन्दा बढी एसईई दिने विद्यार्थीलाई ४८ प्रतिशत मात्रै पास हुने स्थिति नहोस् भनेर उनीहरुलाई अनलाइन क्लास दिइरहेको छ । युवाहरुको ठूलो साथ सहयोग र सहभागिता छ । यसपटक कम्तिमा ६० प्रतिशत नतिजा पु¥याउने उद्देश्य मैले राखेको छु । सरकारतिर मात्रै हेर्ने होइन, हामी हरेकले जुन ठाउँमा उभिएर जे काम गर्नसक्छौँ त्यो गर्नुपर्छ देश बनाउनका लागि ।’

न्युनतम पारिश्रमीक नदिने संस्थाहरु कारबाहीको दायरामा आउँछन्ः प्रधानमन्त्री
प्रधानमन्त्री ओलीले अहिले पनि न्युनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसकारी अस्पतालहरुमा नर्सहरुले न्युनतम पारिश्रमीक नपाएको गुनासो सुनेको बताउनु भयो । उहाँले न्युनतम पारिश्रमीक भन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिनुभयो । पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तलको पारीश्रमीक दिन नपाइने बताउनु भयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले पनि न्युनतम ज्यालाका लागि लड्नुपरेको छ । अहिले पनि कतिपय गैरसकारी हस्पिटलहरुमा म सुन्छु । हो की होइन मैले अध्ययन गर्नुपर्छ । कसैले मलाई त्यस्तो भनिरहेको छैन, म चर्चा सुनिरहेको छु । खुद नर्सहरुले पनि न्युनतम स्यालरी बराबरको रकम पाइरहेका छैनन् । यस्तो सुनेको छु । त्यस्तो हो भने उनीहरु पनि श्रमीक हुन् । उनीहरु पनि काम गर्दछन् । उनीहरु श्रमजीवि भन्दा फरक होइनन् । आज ह्वाइट र ब्लु गर्ल छुट्याउने गरिन्छ, त्यो पनि अब छुट्याउन जरुरी छैन । बिस्तारै सबै ह्वाइट कलरमा जानुपर्छ । यो न्युनतम पारिश्रमीक भन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन कतै पनि पाइँदैन । यो दण्डनीय कानून लाग्ने विषय बनाउनु पर्दछ । पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तल दिन पाइँदैन ।’

प्रधानमन्त्री ओलीले रोजगारी र रोजगारीका अवसर उपलब्ध गराउने बाटो उद्याशीलता र व्यवसायिकता भएको बताउनु भयो । रोजगारीका अवसर उद्यमशिलताबाट सिर्जना गर्न सकिने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, चैत्र ४, २०८१

२३.१५°

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआरमा अनेरास्ववियुले ताला लगायो, स्ववियु निर्वाचन स्थगित

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...