fbpx

सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती हुँदैन तर अराजकता स्वीकार्य छैनः प्रधानमन्त्री

author

समाचारपाटी

३ हप्ता अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालको अधिकार एक इन्च पनि कटौती नहुनेगरी सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको दाबी गर्नुभएको छ ।

बिहीवार काठमाडौंमा डिजिटल अपराध सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, सभ्यता, संस्कृति, गौरवपूर्ण परम्परालाई होच्याउने र अपमान गर्नेकुरा भने स्वीकार्य नहुने बताउनु भयो । उहाँले सांस्कृतिक कुराहरु ध्वस्त बनाउने कुराहरु गरेर घृणाको राजनीति गर्नेकुर स्वीकार्य हुन नसक्ने बताउनु भयो । कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने कुराहरु नियन्त्रण गरेरै छोड्ने प्रतिवद्धता जनाउनु भयो । 

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरकारले अहिले सामाजिक सञ्जालको सम्बन्धमा सोसल मिडियाको अधिकार एक इन्च त के, एक सेन्टिमिटर वा त्यो भन्दा पनि एक मिलिमिटर पनि केही नहुने गरी सोसल मिडियाको अधिकारलाई सम्पूर्ण रुपमा रक्षा गर्दै तर छाडातन्त्र, अराजकता र समाजलाई विकृत बनाउने कुरा, हाम्रो सभ्यता, संस्कृति, हाम्रा गौरवपूर्ण परम्परा, यि कुराहरुलाई होच्याउन, अपमान गर्न र यि कुराहरु ध्वस्त बनाउने खालका क्रियाकलाप र सामाजिक मर्यादाहरु सबै भत्काएर घृणाको राजनीति, घृणाको क्रियाकलाप, कसैको व्यवहार, कारोबार बर्बाद गरिदिने, कसैका परिवार छिन्नभिन्न बनाइदिने, कसैको जिन्दगी बद्नाम गरिदिने, अविश्वास फैल्याइदिने, भ्रम छरिदिने यस प्रकारका कामहरु छन्, ति नियन्त्रण हुनुपर्छ । यस्ता कुराहरु छोड्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले बलात्कार जस्ता अपराधहरु स्वीकार्य नहुने भन्दै यस्ता कुरा नियन्त्रण हुनुपर्छ भनेर लाग्दा बिरोध गर्नु आफैँमा स्तरहिन तर्क रहेको बताउनु भयो । असामाजिक कुराहरु रोक्नुपर्ने बताउनु भयो ।मानिसहरुले अपराध कर्ममा सफल हुनुलाई सफलता ठान्ने गरेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन