प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रको अवलोकनका लागि सङ्खुवासभा जाँदै

author

समाचारपाटी

२ years अगाडि

सङ्खुवासभा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि सङ्खुवासभा जाँदै हुनुहुन्छ ।

उहाँ आज हवाईजहाजमार्फत् सङ्खुवासभा आउनुहुने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डसहित, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्खुवासभाबाट निर्वाचित प्रतिनिधि सभाका सांसद दीपक खड्का, प्रदेश सभा सदस्य राजेन्द्र कार्कीलगायत आउनु हुने कार्कीले जानकारी दिनुभयो ।

शनिवार राति आएको बाढीले सङ्खुवासभामा अहिलेसम्म १ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । बाढीबाट करोडौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।

पाँचखपन नगरपालिका–४ र चैनपुर नगरपालिका–९ को बीचमा पर्ने हेवाखोलामा आएको बाढीले सुपर हेवा हाइड्रोपावर कम्पनीमा कार्यरत १८ जना, सभापोखरीमा दुई जना र नुनढाकीमा एक जना गरी २१ जना बेपत्ता भएका छन् । उनीहरुले खोजी कार्य भइरहेको छ ।


काठमाडौं

आइतवार, असार २९, २०८२

२९.२४°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले अहिले पनि नौजवान पार्टी होः योगेशभट्टराई

‘नेपालमा कुलिङ पिरियड र अडान छोडेको रास्वपा’

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक