स्वर्गिय सीता दाहालको स्मरण श्रद्धाञ्जली सभामा प्रधानमन्त्री भावुक

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी स्वर्गिय सीता दाहालको स्मरणमा श्रद्धाञ्जली सभा गरिएको छ । 
गत असार २७ गते स्वर्गारोहण हुनुभएकी स्व. दाहालको स्मरणमा मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा श्रद्धाञ्जली सभा गरिएको हो । श्रद्धाञ्जली सभामा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्ययाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु, सांसदहरु, राजदुत तथा कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत शुभेच्छुक तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफ्नो जीवनसंगिनीको उपचारमा संलग्न चिकित्सकहरुलाई धन्यवाद दिनुभयो । उहाँले स्व. दाहालको उपचार राज्यबाट कुनै सुविधा नलिइकन सबै खालको उपचार पद्धतीबाट गरिएको स्मरण गर्नुभयो । उहाँले जीवनसंगिनी सीताले शान्त मृत्यु रोजेको उल्लेख गर्नुभयो । 


उहाँले भन्नुभयो – ‘पछिल्ला वर्षहरुमा हामीले एक छोरी र छोरासहित दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहो¥यौँ । शरिरले साथ दिएसम्म यो पीडामा उनी पनि दृढतापूर्वक उभिइ नै रहिन् । र त्यो पीडाको सामना गरिरहिन् । उनी बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिइकनै हामीले उपलब्ध र लाभदायी हुनसक्ने सबैखाले पद्धतीबाट उपचारको प्रयास पनि गरि नै रह्यौँ । उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो ।

अन्तिम अवस्थामा अस्पतालको आइसियु वा भेन्टीलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो । तर बाँच्दासम्म अरुलाई पीडा दिन नजानेकी सीताले मृत्युपनि निकै शान्त रोजिन् । साढे ७ बजे हामीले हस्पिटल लगेको झन्डै ८ः३० बजे उनी हामी सबैबाट बिदा भइन् । म आज उनको उपचारमा संलग्न चिकित्साकर्मी लगायत सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु । अस्पतालदेखि पार्टी कार्यालयसम्म, आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान हो भन्ने हामीले ठानेका छौँ । उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनउभारले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको छ ।’

प्रधानमन्त्री दाहालले अस्पतालदेखि पार्टी कार्यालय र आर्यघाटदेखि बालुवाटारसम्म स्व.सीता दाहालले पाएको सम्मान र श्रद्धाञ्जली उहाँको त्याग, तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको आफूहरुले ठानेको उल्लेख गर्नुभयो । उहाँले यस घडीमा पाएको जनअभिव्यक्ति र जनउभारले आफू र परिवालाई देश र जनताप्रति अझ ठूलो जिम्मेवारीबोध गराएको बताउनु भयो ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’