काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नका लागि प्रश्ताव प्रश्तुत गरिरहनुभएको छ ।
सोमवार बसेको प्रतिनिधि सभा बैठकमा उहाँले विश्वासको मत प्राप्त गर्नका लागि बैठकमा सो प्रश्ताव प्रश्तुत गर्न शुरु गर्नुभएको हो ।
नेपालको संविधानको धारा १०० को उपधारा ९२० बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रधानमन्त्रीले प्रश्ताव पेस गर्नुहुने प्रावधान छ । त्यस अवसरमा उहाँले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि गरिएको प्रयासमा सहमत नभएपछि एमालेसहितका राजनीतिक दलहरुसँगको गठबन्धन सरकार टुट्न पुगेको बताउनु भयो ।