fbpx

छैठौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता जारी

author

समाचारपाटी

२ महिना अगाडि

पाेखरा । कास्की माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ मंसिर ६ गते देखि सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दास्रो दिन शुक्रवार विभिन्न विधाका खेलहरु सम्पन्न भएको छ ।

शुक्रवार भएको पहिलो खेल सटफुट छात्र तर्फ भुमेश्वर मा.विका सुमन मिजार प्रथम, शुक्लागण्डकीका रुपक दर्लामी द्धितिय र निश्पक्ष मा.विका अमन थापा तृतिय भएका छन् । सटपुट छात्रा तर्फ उदय मा.वि की मनिषा बि.क प्रथम, महेन्द्र मा.वि की ऐलिना परियार द्धितिय र शुक्लागण्डकी एलिना परियार तृतिय भएकी हुन् ।

लङजम्प छात्रतर्फ ज्ञानज्योति बोर्डिङ स्कुलका अंकित नेपाली प्रथम, उदय मा.विका दिनेश वि.क द्धितिय र महेन्द्र मा.विका अरुण परियार तृतिय भए । ज्याभलिङ थ्रो छात्रा तर्फ बरहा मा.वि की मोनिका जैसी प्रथम, भुमेश्वर मा.वि की सन्जु नेपाली द्धितिय र शुक्लागण्डकी की सलिना नेपाली तृतिय भईन् । ज्याभलिङ थ्रो छात्र तर्फ शुक्लागण्डकीका आदित्य भारती प्रथम, गौरीशंकरका जीतमान कामी द्धितिय र माछापुच्छ्रेका इश्वर पाइज तृतिय भए ।

यता ट्रिपल जम्प छात्रको खेलमा बराहका अमृत सुनार प्रथम, ज्ञानज्योतिका एलेन शाही द्धितिय र माछापुच्छ्रेका अनमोल तमु तृतिय स्थान हात पारे । ट्रिपल जम्प छात्रा तर्फ शुक्लागण्डी की प्रतिक्षा पोख्रेल प्रथम,भमेश्वर की रोसी नेपाली द्धितिय, शारदाकी अन्जु नेपालीले तृतिय स्थान प्राप्त गरिन ।

शनिबार छात्र कवडी तर्फ पहिलो खेल गौरीशंकर र महेन्द विच हुने छ । उक्त खेलको बिजेता समुहले माछापुच्छ्रे संग पहिलो सेमिफाइनलको खेल खेल्ने छ । दोस्रो खेल शुक्लागण्डकी र शारदा मा.वि बिच हुने छ । दोस्रो खेलको बिजेता सुमहले ज्ञानज्योति संग दोस्रो सेमिफाइनलमा भिडने छ ।

छात्रा कवडी तर्फको पहिलो सेमिफाइनल खेल महेन्द्र र शुक्ला गण्डकी र दोस्रो माछापुच्छ्रे र उदय मा.वि विच हुने छ । छात्रा भलिवल तर्फ शनिवार पहिलो खेल पृथ्वीनारायण र निश्पक्ष विच हुने छ । बिजेता समुहले बराह संग सेमिफाईल भिडने छ । दोस्रो सेमिफाईनको खेल गैरीशंकर र शुक्लागण्डकी विच हुने छ । साथै अन्य रिले तर्फका विभिन्न विदाका खेलहरु पनि शनिवार आज सम्पन्न हुने छन् ।

मंसिर ६ गते देखि ८ गते सम्म लाहाचोक महेन्द्र मा.विको खेल मैदान मा सञ्चालन हुने रनिङ शिल्ड प्रगियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ ।

सरकारले विद्यालयको खेलकुद प्रतिभाको खोजि गर्दै सम्बर्धन र प्रवद्रधन गर्ने लक्ष्य सहित देशको संधिय संरचना अनुसार स्थानीय,प्रदेश र सघस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ । राष्ट्रपति रनिङ एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन