fbpx

पोखरा महानगरस्तरीय रनिङ शिल्ड तथा मेयर कप खेलकुद आज देखि

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० (आइतबार) आजदेखि सुरू हुँदैछ । पोखरा रंगशालामा हुने चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ ।

भलिबल छात्र÷छात्रा, कबड्डी छात्र÷छात्रा, एथ्लेटिक्सअन्तर्गत ट्रयाक र रिले,हाइजम्प, लबजम्प, त्रिपलजम्प, ज्याभलिब थ्रो, सटपुट, मार्सल आर्टस्अन्तर्गत कराँते, तेक्वान्दो, उसुलगायत खेल अध्यक्ष गोदारले बताउनुभयाे । भलिबलमा प्रथम,द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; २० हजार, १५ हजार र १० हजार रुपैयाँ,कबड्डीमा प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमश; १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र पाउने समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिनुभयाे ।

छात्र र छात्रा दुवैतर्फका विजेतालाई समान पुरस्कार प्रदान गरिने छ । एथ्लेटिक्स एकल छात्र—छात्रामा ११ जनाले ३÷३ हजार, त्यसपछिका ११ जनाले २÷२ हजार र बाँकी ११ जनाले १÷१ हजार पाउने छन् । कराँते, उसु र मार्सल आर्टस्मा १२
जनाले ३÷३ हजार, त्यसपछिका १२ जनाले २÷२ हजार र बाँकी १२ जनाले १÷१ हजार पाउने छन् । अन्य विधाका खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

एक विद्यालयबाट टिम खेलमा (भलिबल र कबड्डी) एक टिम र एकल खेल (एथ्लेटिक्स र मार्सल आर्ट) मा एक इभेन्ट÷तौल समुहमा एक÷एक जना खेलाडी सहभागी गराउन पाइने नियम छ । एक जना खेलाडी एक खेलमा मात्रै सहभागी हुन पाउने छन् तथा एथ्लेटिक्स इभेन्ट्सका प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्र्याक वा दुई फिल्ड एक ट्रयाक इभेन्टमा भाग लिन पाउँछन् ।

पुरस्कार, अफिसियलसहित यो प्रतियोगिता सम्पन्न गर्न सबै गरेर २३ लाख रुपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्यले आइतबार बिहान १० बजे गर्नुहुनेछ । प्रतियोगिताको उद्घाटन
समारोहमा मार्च पास हुनेछ । उत्कृष्ट मार्च पास गर्ने तीन विद्यालयलाई क्रमश;१२ हजार, ९ हजार र ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । पहिलो दिन एथ्लेटिक्स, भलिबल र कबड्डी हुने सदस्य सचिव खड्काले जानकारी दिनुभयाे ।

पत्रकार सम्मेलनमा बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडी उत्पादनको मुख्य स्रोत विद्यालय भएको र यो प्रतियोगिताले राम्रा खेलाडीको पहिचानमा सहयोग पुग्ने बताउनुभयाे । उहाँले प्रदेशभरका पालिकामध्ये गत वर्ष पोखरा
महानगरपालिकाको टिम उत्कृष्ट बनेको र त्यसलाई निरन्तरता दिन आफूहरूले सक्दो प्रयास गरिरहेको बताउनुभयाे । गत वर्ष फागुनमा भएको कास्की जिल्लास्तरीय रनिङ शिल्डमा पोखरा २८ स्वर्ण, १० रजत र छ कास्य गरी ४४ पदकसहित च्याम्पियन बनेको थियो । पछि त्यहाँबाट छनोट भएका खेलाडी सहभागी भएर बनेको कास्कीको टिम प्रदेशस्तरीय रनिङ शिल्ड च्याम्पियन बनेको थियो ।

महानगरका शिक्षा अधिकृत सोम सुवेदीले निजीभन्दा पनि पोखराका सरकारी विद्यालयको प्रदर्शन सुधारिँदो रहेको सुनाउनुभयाे । उहाँले शिक्षासँगै खेल आवश्यक रहेकाले त्यसमा महानगरपालिकाले आफ्नो बजेटले भ्याएसम्म लगानी गरिरहेको बताउनुभयाे । गत वर्षको पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगितामा कुल ७ स्वर्ण, २ रजत र ४ कास्य गरेर १३ पदकसहित टप्स मावि च्याम्पियन बनेको थियो । सैनिक आवासीय मावि ५ स्वर्ण, ४ रजत र ११ कास्यसहित २० पदक गरेर सैनिक द्वितीय र शहिद स्मृति मावि ५ स्वर्ण, ४ रजत र ४ कास्यसहित १३ पदक पाएर तृतीय भएको थियो ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर