fbpx

प्रथम अन्नपूर्ण अध्यक्ष कप बास्केटबल प्रतियोगिता सुरु, पहिलो दिन ६ खेल सम्पन्न

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा। पोखरामा मङ्गलबारदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता सुरु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा पोखरा रंशगालास्थित बास्केटबल कोर्टमा आजदेखि प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय बास्केटबल प्रतियोगिता सुरु भएको हो ।

पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको पहिलो खेलमा म्याग्दीको रघुगंगा गाउँपालिका (सेतो)ले कास्कीको अन्नपूर्ण गाउँपालिका (कालो)लाई ५०–२२ ले पराजित गर्यो । यस्तै दोस्रो खेलमा कास्कीको अन्नपूर्ण गाउँपालिका (सेतो)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिका (सेतो)लाई ४६–४२ अङ्कले पराजित गर्यो ।

यस्तै तेस्रो खेलमा पर्वतको मोदी गाउँपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका कालोलाई ५० –३० पराजित गर्यो ।
चौथो खेलमा बेनी नगरपालिकाले कास्कीको मादी गाउँपालिकालाई ५३–२२ ले पराजित गर्यो । पाचौ खेलमा पोखरा महानगरपालिकाले कास्कीको अन्नपूर्ण गाउँपालिका सेतोलाई ५३–३५ ले पराजित गर्यो । छैठौं खेलमा बेनी नगरपालिकाले पर्वतको जलजला गाउँपालिकालाई ५०–४३ ले पराजित गर्यो । प्रतियोगिता लिककम नकआउटको आधारमा सञ्चालन भइरहेको छ । बुधबार पुनः लिगचरणका खेलहरु नै सञ्चालन हुने आयोजकले जनाएको छ ।

लिक कम नकआउटको आधारमा सञ्चालन हुने गण्डकी प्रदेशस्तरीय प्रथम अन्नपूर्ण अध्यक्ष कप महिला तथा पुरुष बास्केटबल प्रतियोगितामा पुरुष तर्फको विजेताले १लाख १५ हजार १ सय ११ उपविजेताले ७० हजार र तेस्रो हुने टिमले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै महिलातर्फको विजेताले ३० र उपविजेताले १५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रापत गर्नेछन् । महिलातर्फ एक टिमलाई २ हजार ५ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।
विधागत पुरुषतर्फ बेस्ट डिफेन्सीप प्लेयर, बेस्ट अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५÷१५ सय र अनुशासित टिमलाई नगद रु ५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । यस्तै महिला विधागतर्फ अफेन्सीप प्लेयर र एमभिपीलाई नगद रु १५÷१५ सय पुरस्कार प्रदान गर्ने आयोजनकले जनाएको छ ।

खेलकुदको विकासमा गाउँपालिका लागेको छः अध्यक्ष केसी
कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले खेलकुदको विकास गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभयाे ।
प्रथम अन्नपूर्ण अध्यक्ष कप पालिकास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उद्घाटनपछि बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
‘अन्नपूर्ण गाउँपालिका खेलाडी र खेलकुदलाई प्रोत्साहन गर्न पर्छ भन्ने पक्षमा छ, सबै खेलकुदहरुलाई अगाडि बढाउँदै खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल मैदानमा उत्रने र प्रतिस्पर्धा गर्दै विजयी भएर राष्ट्रको नाम राख्नका लागि गाउँपालिका प्रोत्साहन गर्न चाहान्छ ।’ अध्यक्ष केसीले भन्नुभयाे । अध्यक्ष केसीले बास्केटबल प्रतियोगितामा धेरै खेलाडीहरुलाई सहभागिता गराउन प्रतियोगिता पोखरामा सञ्चालन गरिएको बताउनुभयाे।

‘बास्केटबल प्रतियोगिता अन्नपूर्ण गाउँपालिकाभित्र नै सञ्चालन गर्न सकिन्थ्यो’, उहाँले भन्नुभयाे, ‘बास्केटबल प्रतियोगितामा हामीले धेरै भन्दा धेरै खेलाडीहरुको सहभागिता लागि नै पोखरामा यस खेल सञ्चालन गरेका हौं ।’प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले दशौं खेलकुदको लागि मिति तय भइसकेकाले यस खेलले बास्केटबल खेलाडी छनोटमा सहयोग पुग्ने बताउनुभयाे ।

‘अन्नपूर्ण गाउँपालिकाले बास्केटल खेलमा नयाँनयाँ खेलाडी उत्पादन गर्ने हेतुले खेल आयोजना गरेको छ’, गुरुङले भन्नुभयाे, ‘यस प्रतियोगिताले हामीले दशौ खेलकुद प्रतियोगिताको मिति तय भइसकेकाले खेलाडी छनोटमा समेत सहयोग पुग्नेछ ।’
कास्कीको अन्नपूर्ण गाउँपालिका बास्केटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुनेछ ।


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक