दक्षिण कोरियाको अदालतले शुक्रवार पक्राउ परेका राष्ट्रपति युन सुक–योललाई रिहा गर्न स्वीकृति दिएको छ । सियोल केन्द्रिय जिल्ला अदालतले युनको पक्राउ रद्ध गर्न गरेको अनुरोधलाई स्वीकार ग¥यो । जुन युनको कानुनी टोलीले फेब्रुअरी ४ मा गरेको थियो । फेब्रुअरी २० मा भएको सान्दर्भिक सुनुवाइको क्रममा युन पक्षले तर्क ग¥यो कि महाभियोग लगाइएका नेतालाई पक्राउ वारेन्ट अवधि समाप्त भएपछि हिरासतमा अभियोग लगाइएको थियो । जबकि अभियोजन पक्षले यो वैध अभियोग भएको दाबी गरेको थियो । युनलाई जनवरी १५ मा राष्ट्रपति कार्यालयमा पक्राउ गरिएको थियो । जनवरी २६ मा विद्रोहको संदिग्ध रिंगलीडरको रूपमा हिरासतमा अभियोग लगाइएको थियो । पक्राउ परेका र मुद्दा चलाइएका देशका पहिलो बहालवाला राष्ट्रपति बन्नुभयो । युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गर्नुभएको थियो । तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टा पछि यसलाई खारेज गरेको थियो । गत वर्ष डिसेम्बर १४ मा राष्ट्रिय सभामा युनलाई महाभियोग लगाउने प्रस्ताव पारित भएको थियो र संवैधानिक अदालतले युनको महाभियोगमा ११ वटा सुनुवाइ गरेको थियो जसको अन्तिम फैसला अर्को हप्ता आउने अपेक्षा गरिएको छ ।
सिन्ह्वा