fbpx

दक्षिण कोरियाका विपक्षी दलद्वारा राष्ट्रपतिविरुद्ध संसदमा महाभियोग प्रश्ताव दर्ता

author

समाचारपाटी

१ महिना अगाडि

दक्षिण कोरियाका विपक्षी दलहरूले बिहीवार राष्ट्रपति युन सुक–योलको आपतकालीन मार्सल को घोषणा गरेकोमा संसदमा महाभियोग प्रश्ताव दर्ता गराएका छन् । मुख्य उदार विपक्षी डेमोक्र्याटिक पार्टी र बुधवार प्रश्ताव पेश गर्ने अन्य पाँच साना दलहरूले यसलाई शुक्रवार संसदमा भोटको लागि राख्ने योजना बनाएका थिए । कानूनअनुसार ३०० सदस्यीय एक सदन भएको राष्ट्रिय सभाले महाभियोग प्रश्ताव गरेको ७२ घण्टाभित्र गोप्य मतदान गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार महाभियोग प्रश्ताव बहुमत सांसदबाट पारित भएको र राष्ट्रिय सभाका कम्तीमा दुई तिहाई सांसदले अनुमोदन गरेको हुनुपर्नेछ । प्रश्ताव पारित गर्न सत्तारुढ दल जनशक्ति पार्टीका १०८ सांसदबाट विपक्षी दलको आठ मत आवश्यक हुनेछ । यदि यो पारित भयो भने संवैधानिक अदालतले यसलाई १८० दिनसम्म विचार गर्नेछ । जसको अवधिमा यूनको संवैधानिक शक्तिहरू निलम्वित हुनेछन् र प्रधानमन्त्री हान डक–सू कार्यवाहक राष्ट्रपति हुनेछन् । यदि युन विरुद्धको महाभियोग अदालतबाट मान्य भयो भने ६० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन हुनेछ । संसदले यसको विपक्षमा मतदान गरेपछि युनले मंगलवार राती मार्सल लको घोषणा गर्नुभएको थियो । बुधवार बिहान यसलाई खारेज गरिएको थियो । मन्त्रिपरिषद्को बैठकले खारेज गर्ने निर्णय गरेको हो । यसैबीच जनशक्ति पार्टीका सांसदहरूले बिहीवार बिहान युनको महाभियोगको विरोध गर्न सहमत भएका थिए । सत्तारुढ दलका विधायकहरूले बिहीवार प्रारम्भिक संसदीय पूर्ण सत्रमा सामेल हुन अस्वीकार गरेका थिए । 
सिन्ह्वा


काठमाडौं

शुक्रबार, माघ ४, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविसँगै छुटेका पूर्वडीआईजी अझै काठमाडौंमा हाजिर भएनन्

प्रचण्डको गणतन्त्र दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी

राष्ट्रपतिद्वारा भूमिसम्बन्धी अध्यादेश जारी

रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

थारू बस्तीहरुमा माघी चहलपहल शुरू