दक्षिण कोरियाको सत्तारुढ पिपुल पावर पार्टीका प्रमुख हान डोङ–हुनले राष्ट्रपति युन सुक–योलले देश र जनताको रक्षा गर्न आफ्नो कर्तव्य बिर्सिएको बताउनुभएको छ । हानले पार्टी नेतृत्वको आपतकालीन बैठकमा यो टिप्पणी गर्नुभएको हो । युनलाई महाभियोग लगाउन विपक्षी ब्लकको दबाबको बिरूद्ध लड्ने आफ्नो अघिल्लो अडानलाई उल्टाउँदै यस्तो टिप्पणी गर्नुभएको छ । मार्शल ल घोषणाको दिन युनले प्रमुख राजनीतिज्ञहरूलाई गिरफ्तार गर्ने आदेश दिनुभएको थियो । युनले राजनीतिज्ञहरूलाई पक्राउ गर्न गुप्तचर एजेन्सीहरू प्रयोग गरेको आरोप लागेको छ । यदि युनले आफ्नो राष्ट्रपतिको कर्तव्यलाई निरन्तरता दिए मार्शल कानून घोषणा जस्ता कार्यहरू दोहोरिन सक्ने बताइएको छ । जसले देश र जनतालाई ठूलो खतरामा पार्नसक्ने हानले बताउनु भयो ।
सिन्ह्वा