fbpx

राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप जारी,आज सेमिफाइनल फाइनल खेल

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ जारी छ । पोखरा रंगशालामा आइतबारदेखि सुरू भएको प्रतियोगिताको समापन मंगलबार आज हुँदैछ।

भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत छात्र–छात्रामध्ये धेरै विधाको क्वाटरफाइनल सकिएको छ । विद्यालयस्तरीय ‘खेल मेला’ मानिने राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कपको मंगलबार सबै खेलको सेमिफाइनल र फाइनलपछि समापन हुनेछ ।
एकल कातामा प्रिन्स प्रथम कराँते एकल कातातर्फ न्युमिलिनियम एकेडेमीका प्रिन्स गुरुङ प्रथम भएका छन् ।

शिवशक्ति माविका अर्जुन सुनार दोस्रो र न्यु मोडेल एकेडेमीका जीवन मगर तेस्रो भए । बाराही माविका अमिर तामाङले सान्त्वना स्थान हासिल गरे । कराँतेकै फाइटतर्फको ४२ केजी तौल समूहमा तेस्रो स्थानको टुंगो लागे पनि विजेता र उपविजेताको टुंगो लाग्न भने बाँकी छ । शिवशक्ति माविका रोमन नेपाली र हिमाली माविका जेनिश गुरूङ फाइनल प्रवेश गरेका छन् ।

सैनिक माविका कुशल गुरुङ र शितलादेवी माविका प्रशान्त लिम्बु तेस्रो भए । ४७ केजी तौल समूहको पनि विजेता र उपविजेताको टुंगो लागेको छैन् । न्युमिलिनियमका प्रिन्स गुरुङ र सैनिक आवासिय माविका कुशल जिटि फाइनल प्रवेश गरे । हिमाली माविका अनिल विक र सैनिक आवासीयका मुस्कान बालाचार्य तेस्रो भएको आयोजकले जनाएको छ ।

एथलेटिक्स
एथलेटिक्सतर्फ लङ्गजम्प छात्रमा राष्ट्रिय माविका रोहित रायमाझिले स्वर्ण,लिटिल फ्लावरका लब पोखरेलले रजत र त्रिवेणी माविका शिशिर कुमालले कास्य हात पारे । छात्रातर्फ त्रिवेणी माविकी एन्जल अधिकारीले स्वर्ण, सैनिक आवासीय
माविकी दीपा बालायारले रजत, जनज्योति माविकी सफलता जिसी र टप्स माविकी पवित्रा गुरुङले कास्य पदक पाए ।

ज्याभ्लिन थ्रो पुरुषतर्फ पश्चिमाञ्चलका नरेश विकले स्वर्ण, गौरीशंकर माविका प्रभु तामाङले रजत र सरस्वती माविका यरिस घर्तीले कास्य जिते । छात्रातर्फ शहिद स्मृति माविकी संगिता घर्तीले स्वर्ण, छोरेपाटन माविकी बबिता तामाङले रजत हात
पारिन् । सैनिक माविकी सरिना श्रेष्ठले कास्य पदक पाइन् ।

एक सय मिटर दौड छात्रतर्फ सिर्जना सेकेन्डरीका रिसब श्रेष्ठले स्वर्ण जिते । शहिद स्मृतिका दिपेश यादव र टप्स माविका दर्शन गुरुङले क्रमशः रजत र कास्य पदक प्राप्त गरे । छात्रातर्फ त्रिवेणी पब्लिककी एन्जल अधिकारीले स्वर्ण,टप्स माविकी पवित्रा गुरुङले रजत र श्रीकृष्ण सेकेन्डरीकी मञ्जिला थापाले कास्यपाए ।

४ सय मिटर दौड छात्रतर्फ कास्की मोडनाइजका सन्दिप कुँवरले स्वर्ण, सैनिक माविका राजिप थापाले रजत र छोरेपाटन माविका नरेश बास्तोलाले कास्य हासिल गरे । छात्रातर्फ टप्स बोर्डिङकी सबिना खातुन मियाँले स्वर्ण, सगरमाथा निकेतनकी
अनुस्का अधिकारीले रजत र त्रिवेणी पब्लिककी सुप्रिया अधिकारीले कास्य पदक जिते ।

१५ सय मिटर छात्रा दौडतर्फ छोरेपाटन माविकी नारायणी भण्डारीले स्वर्ण हासिल गरिन् । गौरीशंकर माविकी कविता मगरले रजत र ज्ञानज्योति कुञ्जकी ध्वजकुमारी नेपालीले कास्य जितिन् । ३ हजार मिटर छात्रतर्फ छोरेपाटन माविका तेन्जोन रोका मगरले स्वर्ण पदक हासिल गरे । जनप्रकाश माविका लक्ष्मण शर्माले रजत र सैनिक माविका आक्रिष्ट थापाले कास्य पाए ।

कबड्डी र भलिबल
छात्र पहिलो सेमिफाइनल बेथाने मावि र अमरसिंह माविबीच हुनेछ । दोस्रो सेमिफाइनलमा कालिका मावि र भवानी कालिका माविबीच प्रतिस्पर्धा हुनेछ । छात्रा पहिलो सेमिफाइनमा रामेश्वरी मावि र सहिद स्मृति मावि खेल्ने छन् ।

गौरिशंकर मावि र सरस्वती टिका माविबीच दोस्रो सेमिफाइनल हुनेछ । छात्र भलिबलमा सहिद स्मृति मावि र यूनिभर्स मावि, स्पाइरल ग्यालेक्सी र राष्ट्रिय मावि सेमिफाइनलमा खेल्ने छन् । छात्रातर्फ शान्त मावि र कन्या मावि,तालबाराही मावि र जनप्रिय मावि खेल्ने महानगर भलिबल संघका अध्यक्ष राम लामिछानेले जानकारी दिए ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन