fbpx

वैशाख ४ गतेदेखि १४ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड हुँदै

author

समाचारपाटी

१0 महिना अगाडि

आगामी वैशाखको पहिलो सातामा लामो इतिहास बोकेको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । 
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा आगामी वैशाख ४ गतेदेखि ६ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ । सात सय ७३ वटा स्थानीय तहबाट छनोट गरिएको केन्द्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेको हो । राखेपले बिहीवार पत्रकार सम्मेलन आयोजना गर्दै यस संस्करणको बारेमा जानकारी दिएको हो । सात प्रदेशबाट १८ वर्ष मुनिका ६ सय ८६ खेलाडीले यस पटक चुनौती प्रश्तुत गर्न लागेका हुन् ।   

यो प्रतियोगितामा कुल ६ वटा खेलमा प्रतिष्पर्धा हुँदै छ । छात्रा र छात्रले एथ्लेटिक्स, भलिबल, कराते, कबड्डी, तेक्वान्दो र उसु विधाका खेलमा प्रतिष्पर्धा हुनेछन् । एथ्लेटिक्समा छात्रा र छात्रमा गरी समान १३ स्वर्ण, कराते, तेक्वान्दो र उसुमा समान ६÷६ स्वर्ण गरी ३६ स्वर्ण, कबड्डी र भलिबलमा समान एक स्वर्ण गरी चार स्वर्णमा प्रतिष्पर्धा हुनेछन् । यो प्रतियोगितामा सहभागी हुने खेलाडीले यातायात खर्चका साथै दैनिक १३ सयका दरले भत्ता पनि पाउने राखेपका प्रतियोगिता संयोजक मीन शर्माले जानकारी दिए ।

हरेक विधामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् । यद्यपि, उनीहरूले पाउने पुरस्कारबारे भने तय नभईसकेको शर्माले जानकारी दिए । तर तीन पटक च्याम्पियन टोलीले रनिङ शिल्ड पाउनेछन् । प्रतियोगितामा कीर्तिमान बनाउने खेलाडीले १५ हजार रुप्रयाँ नगद पुरस्कार पाउने बताए । यसअघि लुम्बिनी प्रदेशले तीन पटक च्याम्पियन भएपछि रनिङ शिल्ड आफ्नो बनाएपछि नयाँ रनिङ शिल्ड बनाइएको छ । प्रतियोगिताका लागि करिब एक करोड ५० लाख खर्च हुने राखेपले जनाएको छ । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको महत्व र स्थान धेरै उचो रहेको उल्लेख गर्दै यहाँबाट राष्ट्रिय टोली छनोटको माध्यमसमेत रहेको धारणा राख्नुभयो । उनले सबै पक्षबाट यो प्रतियोगिाको सफल आयोजनामा सहयोग हुनुपर्ने र राखेपले पनि यो आयोजनापछि खेलाडीको गन्तव्य कहाँ हुने भन्ने रोड म्याप तयार पारिने विश्वास व्यक्त गर्नुभयो ।  

राखेप सदस्यसचिव घिसिङले यहाँबाट निस्किएका प्रतिभाशाली खेलाडीको संरक्षणका लागि संघहरू पनि जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर