राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर उपचाररत उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई भेट्नुभएको छ ।
आईतवार बिहान राष्ट्रपति पौडेल, सभामुख देवराज घिमिरे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का लगायतले उपचचाररत उपप्रधानमन्त्री पौडेललाई भेट गरी स्वास्थ्यलाभको कामना गर्नुभएको हो । पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते हुनुभएको थियो । दुवै जनाको बर्न अस्पतालमा उपचार भइरहेको छ । राष्ट्रपति, सभामुख, मन्त्रीहरुले उपचाररत पौडेल र आचार्यलाई भेट गरी स्वास्थ्यलाभको कामना गर्नुभयो । उपचाररत द्वयको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
—न्युज एजेन्सी नेपाल