fbpx

पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुन्छः राष्ट्रपति पौडेल

author

समाचारपाटी

१ year अगाडि

राष्ट्रपति रामचन्द्र पौडेलले सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुने बताउनुभएको छ । 


मुस्लिम आयोगको पाचौं वार्षिकोत्सवलाई सम्बोधन गर्दै बुधवार उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएको उल्लेख गर्दै नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र सबै जाजाति, भाषा, धर्म, समुदाय, वर्ग र क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको बताउनु भयो । उहाँले संविधानको व्यवहारिक कार्यान्वय गर्न आग्रह गर्नुभयो । उहाँले मुस्लिम समुदायको अधिकार प्रवद्र्धन, क्षमता विकास र प्रस्फुटीकरणका कार्यक्रमहरु तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भुमिका खेलनुपर्ने बताउनु भयो । उहाँले समानुपातिक समावेशिताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । यसका लागि  तीन तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीति र कानूनी प्रयास गरिनु आवश्यक रहेको उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘समानुपातिक समावेशिताको आधारमा मुस्लिम समुदायलाई संविधानप्रदत्त राजनीतिक, आर्थिक र सामाजिक अधिकार सुनिश्चितताको लागि कानूनी व्यवस्था गर्ने तीनै तहको सरकारबाट विशेष नीति तथा कार्यक्रम तर्जमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने, सबै तह र निकायका सेवा प्रदान गर्ने क्षेत्रमा नेपाली मुस्लिम समुदायको सहभागिताको समान अवसरका लागि उपयुक्त नीति र कानूनी प्रयास गरिनु आवश्यक छ । राज्यका हरेक निकायमा सहभागिताको समान अवसर प्रदान गरेर सबै जातजाति, भाषाभाषी, उत्पीडित, अल्पसंख्यक तथा पिछडिएका वर्गको उत्थान भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रले राखेको लक्ष्य पूरा हुन्छ भन्ने मलाई लाग्दछ । नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संविधान सभाबाट जनहितकारी समावेशिताको सिद्धान्तमा आधारित लोकतान्त्रिक संविधान ल्याउन हामी सफल भएका छौँ । नेपालको संविधान विश्वका उत्कृष्ट संविधानहरुमध्ये एक रहेको र यसले सबै जाजाति, भाषा, धर्म, समुदाय, वर्ग र क्षेत्रको लागि समान हक तथा अधिकारको व्यवस्था गरेको छ । यसको व्यवहारिक कार्यान्वयनको लागि म संवद्ध सबै पक्षलाई हार्दिक अपिल गर्न चाहन्छु । मुस्लिम समुदायको अधिकार प्रवद्र्धन, क्षमता विकास र प्रस्फुटीकरणका कार्यक्रमहरु तर्जुमा गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउन आयोगले आगामी दिनमा थप प्रभावकारी भुमिका खेल्न सफल होस् ।’

राष्ट्रपति पौडेलले नेपाली समाजबाट लोकतन्त्र, सहिष्णुतापूर्ण र सहयोगपूर्ण व्यवहार विश्वले अनुकरण गर्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२६.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...