सञ्चारमाध्यमको प्रभावकारी सञ्चालनमा चुनौतिः राष्ट्रपति रामचन्द्र पौडेल

author

समाचारपाटी

२ महिना अगाडि

राष्ट्रपति रामचन्द्र पौडेलले भ्रम, मिथ्या एवं संशयपूर्ण सामग्रीबाट जनता भ्रमित हुन नदिने जिम्मेवारी सञ्चारमाध्यमको भएको बताउनुभएको छ ।

बुधवार सिंहदरबारमा आयोजित सार्वजनिक प्रशारण सेवा रेडियो नेपाल ७५ औँ वर्ष प्रवेशका अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय इन्टरनेट र प्रविधिको विकासले सामाजिक सञ्जालमार्फत नागरिक पत्रकारिताको बलियो भएको बताउनु भयो । उहाँले प्राकृतिक घटना, महामारीलगायत विपद्को समयमा सञ्चारमाध्यम विशेष गरी रेडियोको भुमिका महत्वपूण रहेको बताउनु भयो । उहाँले आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको भन्दै रोडियो नेपालको साढे सात दशक लामो प्रशारण यात्राले फड्को मारी विभिन्न जातजाती र भाषाभाषीको आवाज बन्न सकेको बताउनु भयो । मुलुकमा लोकतन्त्रको स्थापनापछि सञ्चारमाध्यमको विकासले गति लिएको भन्दै उहाँले प्रभावकारी सञ्चालनका लागि चुनौति थपिएको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सार्वजनिक प्रशारणको मर्म, भावना र उद्देश्यअनुरुप यसले आगामी दिनमा प्रभावकारी रुपले काम गर्नुपर्ने चुनौती तपाईंहरु सामु छ । स्वतन्त्र स्वायत्त संस्थाको रुपमा सार्वजनिक प्रशारण माध्यमको विकास भएको हो । त्यसैले लोतान्त्रिक मूल्य मान्यता, स्वतन्न्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक प्रसारण सेवका सम्बन्धमा विश्वले स्वीकारेको आधारभुत मान्यतालाई आत्मसात गर्ने मैले विश्वास लिएको छु । म र मेरो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता हो । समाचार र कयौँ शिक्षा, जनचेतना, मनोरञ्जनात्मक लगायतका कार्यक्रम हाम्रा श्रुतिमा मिठो सम्झना बनेर झङ्क्रित हुन्छन् । लोकतन्त्तको स्थापनासँगै मुलुकमा आमसञ्चारको विकास र बिस्तारले गति लिएको विधितै छ । संविधानले व्यवस्था गरेको नागरिकको हक प्रत्याभुत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ । सबै जातजाती, भाषाभाषीको अधिकार संरक्षण गर्ने बहुलवादमा आधारित लोकतन्त्रको सुदृढिकरणलाई आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाको खास लक्ष्या  पूरा हुन्छ । सञ्चार माध्यम विपद्का बेला आमनागरिकको भरोषाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प र कोरोना महामारीको विपत्तिको बेलामा रेडियो नेपालसहितका सञ्चारमाध्यमले गरेको योगदानबाट पुष्टि भएको छ । इन्टरनेट र सूचना प्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र समाचार संप्रेषणमा आएको परिवर्तन उल्लेखनीय छ । प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणमा अनेक माध्यम भित्रिएको छ । यसमा नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सवल बनेको छ । यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवं संशयपूर्ण संप्रेषणबाट जनतालाई भ्रमित हुने खतराबाट जोगाउनु जिम्मेवार सञ्चारमाध्यमको दायित्व हो ।


राष्ट्रपति पौडेल सञ्चारमाध्यमको महत्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताउनु भयो । नेपालको राजनीतिक परिवर्तनमा पत्रकारिताको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’