नवनिर्वाचित लेबनानी राष्ट्रपति जोसेफ आउनले बेरुतमा साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडौलिड्सलाई स्वागत गर्नुभएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र लेबनानको तत्काल आवश्यकताहरूबारे छलफल भएको बताइएको छ । राष्ट्रपति भवनमा भएको वार्ताको क्रममा आउनले लेबनानले लेबनानी क्षेत्रहरूबाट इजरायली सेनाको पूर्ण फिर्ता र दक्षिणी सीमामा लेबनानी सेनाको तैनाथीमा जोड दिएको बताइएको छ । आउनले आफ्नो राष्ट्रपति पदको दोस्रो दिन साइप्रसका राष्ट्रपतिको भ्रमणको लागि कृतज्ञता व्यक्त गर्दै भ्रमणलाई सबै लेबनानीहरूको लागि आशाको सन्देश भएको बताउनु भयो । आउनले लेबनानको अर्थतन्त्र र लेबनानी सशस्त्र बलहरूको समर्थनसहित लेबनानको प्राथमिकताहरू उल्लेख गर्नुभयो । उहाँले लेबनानको नयाँ सरकार गठन भएपछि युरोपेली संघको समर्थनको आवश्यकतामा पनि जोड दिनुभयो ।
सिन्ह्वा