fbpx

‘निजामति सेवामा आकर्षण बढाउन सरकारले आकर्षक प्याकेज ल्याउनुपर्छ’:- अध्यक्ष माधवप्रसाद रेग्मी

author

समाचारपाटी

१२ महिना अगाडि

लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सकरारले निजामति सेवामा आकर्षण बढाउन आकर्षणका प्याकेजहरु ल्याउनुपर्ने बताउनुभएको छ । 

मंगलवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिकहरु निजामति सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयको खोजि हुनुपर्ने बताउनु भयो । उहाँले अभिभवकहरुले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि निजामति सेवामा आकर्षण घट्नुको कारण हुनसक्ने बताउनु भयो । उहाँले मुलुकको सामथ्र्यअनुसार अरु सेवा समूहलाई नियालेर आकर्षक प्याकेज ल्याउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘मानिसहरु निजामति सेवातर्फ किन आकर्षित भएनन्, भन्ने विषयमा हाम्रो अभिभावकको पनि कमजोरी छ । आफ्ना छोराछोरीलाई भविष्यमा पढेर नेपालकै सेवा गर्नुपर्छ कतिको भन्छौँ ? कुनै विद्यालय वा कलेजमा यस्तो पढ्यो भने विदेशमा छिटै भिसा पाइन्छ भन्ने पो पढाएका छौँ की ? निजामति सेवाको आकर्षणका लागि नेपाल सरकारले आकर्षणका प्याकेजहरु के गर्नुपर्ने हो ? हाम्रो मुलुक सामथ्र्य अनुसार तुलनात्मक रुपमा अरु सेवा समूहमा कस्तो अवस्था छ ? यो सबै हिसावले गर्नुपर्छ । निजामति सेवा ऐन बन्दा अब लोकसेवा आयोगले अहिलेसम्म अनुभव गरेको विषयमा सुझाव त दिन्छ नै । नेपालको सेवा गर्ने इच्छा नै छैन भने तिनीहरुलाई जतिसुकै आकर्षक पाठ्यक्रम राखेर पनि केही हुँदैन । उहाँले पेन्सन भएर पनि कर्मचारी बसिरहेको नयाँले काम पाउँथे की भन्ने विषय छ । त्यसरी कर्मचारीले २० वर्षमै पेन्सनमा जाने भए भने पेन्सनमा सरकारको दायित्व अत्याधिक बढी हुन्छ, अनुभवि कर्मचारी निजामति सेवामा नरहेर निजामति सेवालाई असर पुग्छ । प्रशासनिक संघीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ।’

उहाँले निजामति कर्मचारीहरु २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्याधिक बढ्ने र अनुभवि कर्मचारी निजामति सेवामा नहुने समस्याले निजामति सेवालाई नै असर पुग्ने स्थिति आउने बताउनु भयो । उहाँले प्रशासनिक संघीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताउनु भयो । 


काठमाडौं

आइतवार, असार १०, २०८१

२७.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो