fbpx

‘गठबन्धन दलमा हामीपनि सामेल छौँ, केन्द्रमा पनि हामी छौँँ’:-माधवकुमार नेपाल

author

समाचारपाटी

१ year अगाडि

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी प्रदेश सरकारमा सहभागि हुने बताउनुभएको छ । 
मंगलवार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी प्रदेश सरकारहरुमा सहभागि हुने बताउनुभएको हो । उहाँले आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागि हुने बताउनु भयो । उहाँले संघ र प्रदेश सरकार दुवैमा आफुहरुको भुमिक हुने उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो – ‘हाम्रापनि मन्त्रीहरु हुनुहुन्छ । गठबन्धन दलमा हामीपनि सामेल छौँ । केन्द्रमा पनि हामी छौँँ । अब बिस्तारै हामी प्रदेश प्रदेशमा पनि सरकारमा सहभागि हुन गइरहेका छौँ । त्यस अर्थमा प्रदेशमा पनि र केन्द्रमा पनि हाम्रो भुमिका रहनेछ । पालिकामा जहाँ हाम्रो पार्टी संगठन छ, उहाँहरुको सहयोग लिएर, उहाँहरुसँग समन्वय गरेर गरेर काम गर्नुपर्छ । शिक्षक संगठनले पार्टीसँग समन्वय गरेर शक्ति वृद्धि गरेर दबाब सिर्जना गर्ने काममा तपाईहरु अगाडी बढ्नुहोस् ।’

अध्यक्ष नेपालले राज्यले शिक्षा क्षेत्रलाई धेरै महत्व दिनुपर्ने बताउनु भयो । उहाँले शिक्षकहरुको मर्यादा र जीवनस्तर राम्रो बनाउन विशेष लगानी गर्नुपर्ने बताउनु भयो । उहाँले कुनैपनि बालबालिकाहरुलाई विद्यालय बाहिर राख्नु नहुने बताउनु भयो ।  सबैले कम्तिमा कक्षा १२ सम्म पढ्नसक्ने वातावरण बनाउनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘शिक्षालाई अत्याधिक महत्व दिएर यसलाई अगाडी बढाउनका लागि शिक्षकहरुको मर्यादालाई, शिक्षकको जिवनस्तरलाई राम्रो बनाउनका लागि राज्यले विशेष लगानी पनि गर्नुपर्छ । त्यस्तै शिक्षा प्रदान गर्न एकजना बालबालिकापनि विद्यालय भन्दा बाहिर नरहुन् भन्ने सोच राखेर सबै बालबालिकालाई न्यूनतम पनि कक्षा १२ सम्म पढ्ने वातावरण हामीले उपलब्ध गराउनु पर्दछ । प्रत्येक युवाहरुलाई हामीले प्राविधिक शिक्षा दिनुपर्छ । र प्राविधिक तालिम दिनुपर्छ । जसले गर्दा सीपयुक्त जनशक्ति उत्पादन हुन सकोस् ।’

उहाँले युवाहरुलाई प्राविधिक शिक्षा र प्राविधिक तालिम दिएर सीपयुक्त जनशक्ति उत्पादन गर्नुपर्ने बताउनु भयो ।


काठमाडौं

सोमवार, अशोज २१, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन